‘चलखेल’ मा प्रियंका कार्की

काठमाडौं, ३ वैशाख – सिनेमान्डु इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्र ‘चलखेल’ को मुख्य भूमिकामा अभिनेत्री प्रियंका कार्की फाइनल भएकी छिन् । प्रिंयका पछिल्लो समय सिनेमाभन्दा पनि म्युजिक भिडियोमा नै व्यस्त छिन् ।केही दिन अघिमात्र उनले आयुष्का खनियाँको गीतबाट निर्देशनमा डेब्यू गरेकी थिइन् । योसँगै प्रिंयकाले आयांका फाउन्डेशनमार्फत् समाजसेवामा पनि आफ्नो हात अघि बढाएकी छिन् । यसै बीच अभिनेत्री कार्कीले लामो समयपछि कमेडी विधामा निर्माण हुन लागेको चलचित्र ‘चलखेल’ मा साइन गरेकी हुन् । एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार हुने चलचित्रको बजेट २ करोडको आसपास रहेको निर्माता लेखबहादुर पुन डेनिमले बताए । मनाङ, जिरी र काडमाण्डौमा छायांकन गरिने सिनेमामा प्रिंयकाको जोडीको भने फाइनल भइसकेको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology