पोखरामा चिकेन स्टेशन

पोखरा, ३ बैशाख
पोखरामा चिकेन स्टेशन बुधबार देखि शुभारम्भ हुने भएको छ । २ वर्षअघि काठमाडौंबाट स्थापित भएको उक्त स्टेशन पोखरामा शुभारम्भ गर्न लागिएको हो । न्युरोड पूर्णिमा हल सँगै रहेको स्टेशनमा चिजा, हटविन्कस,क्रिन्चिफ्राई लगायतका चिकेनका परिकार सुपथ मुल्यमा प्रदान गरिने सञ्चालक निकेश ताम्राकारले बताए । उनका अनुसार अन्य रेष्टुरेण्डभन्दा सुलभदरमा ग्राहकले सेवा प्राप्त गर्नेछन् ।
‘पोखरा पर्यटक स्थल हो, यहाँ हाम्रो जस्तो रेष्टुरेण्डको आवश्यक खड्यिो र मात्र हामीले स्थापना गर्न लागेका हौ’,उनले भने,‘कलेज पढने टिनेजर देखि ३०÷३५ वर्षका उमेर समूहका ग्राहकहरु हाम्रा लक्षित वर्ग हुन् ।
काठमाडौं, चितवन, विर्तामोड,पोखरा सँगै देशका १९ ठाँउमा उक्त रेष्टुरेण्डले आफ्नो शाखा विस्तार गरेको छ । ग्राहकको सेवासुविधालाई ख्याल गरि स्टेशनले होमडेलिभरी मार्फत सेवा प्रदान गर्ने ताम्राकारले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology