छरिखोला नवराज गौतमको घरगोठमा आगलागी

बागलुङ, १० चैत – बागलुङ नगरपालिका – ७ छरिखोलामा आइतबार बिहान नवराज गौतमको घरगोठमा आगलागी भएको छ । आगलागी भएपछि गोठ पूर्ण रुपमा जलेको छ भने घरको आधा भाग जलेको छ । आगलागीबाट ७ लाख ५० हजार रुपैयाँको क्षती भएको वडासचिव महेन्द्र घमालले जानकारी दिए । आगलागीले गोठमा रहेको एउटा खसी जलेर मृत्यु भएको छ भने २ भैंसी र १ बाख्रालाई चोट लागेको स्थानीय याम निउरेले जानकारी दिए । बिहान एक्कासि आगलागी भएपछि घरमुलीले स्थानीयबासीलई खबर गरेका थिए । स्थानीयबासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ । आगोलागी पीडित परिवारको आर्थिक अवस्था पनि कमजोर भएको हुँदा स्थानीय तहले राहत उपलब्ध गराउन आग्रह गरेका छन् । आगो कसले वा के कारणले लगाएको हो भन्ने बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology