गलकोट बाढी : यस्तो छ क्षतिको थप विवरण

गलकोट ,२ बैशाख – बर्षासंगैं आएको बाढीले गौदीला आसपासका क्षेत्र जोखीमामा परेका छन् । बर्षाका करण गलकोट नगरपालिका -३ हटियामा मनु होटल, स्थानिय राम बहादुर खत्रीको घर, बिरेन्द् श्रेष्ठको घर, स्बास्थ्य चौकी जाने बाटोमा क्षति पुगेको छ । चिसापानी र बौरमा रहेको २ बटा ट्रस बिज बगाएको छ । गलकोट नगरपालिका – १ दुदिलाभाटी ईन्ङलिस स्कुल, ईश्बर बुढाथोकी, बाड अध्यक्ष नेत्र बहादुर बुढाथोकी, होम बहादुर नेपालीको पक्की घर, सेरबहादुर खड्काको घर, ईन्द्रदेबी पुनको शौचालय, पुर्णब हादुर खत्रीको घर लगाएत टोड्के र सिरबारेमा ७ घरमा क्षति पुगेको छ । गलकोटनगरपालिका- १ दुदिलाभाटिमा रहेको गौदीखोला लघु जलबिद्युत आयोजना  पहिलो र दोश्रोको  मुहानमा क्षति पुगेको छ भने २१ किलोबाट क्षमताको तेश्रो र १८ कलिोबाट क्षमताको चौथो जलबिुत आयोजनामा पुर्ण रुपमा क्षती हुदा दुदिलाभाटी  अन्धकार बनेको छ । त्यस्तै नरेठाटिको खानेपानिको मुहान सहित पाईप बगाउदा खानेपानीको अभाब श्रृजना भएको छ । सौगात कृषि फर्ममा कर्ण बहादुर श्रीसले पालेको ३० ओटा बगुंर मध्ये १६ ओटा बुगुर बगाएको छ । बंगुरको गोठ भत्काएको छ । त्यस्तै गलकोट नगरपालिका बाड नम्बर २ का स्थानिय राम बहादुर थापाको गोठ र कुखुरा फर्म बगाएको छ । दुदिलाभाटि स्बास्थ्य चौकी बाढीले प्रभाबित बनाएको छ ।
त्यस्ैे गलकोट नगरपालिका बाड नम्बर ३ र ६ जोड्ने गौदिखोलाको मोटरेबल पुलको जाली, कच्चा सामाग्री लगाएतका सामाग्री बगाएको छ । गौदि खोलाको नजिक रहेको सार्बजनिक शौचालयमा बाढी पसेको थियो । त्यस्तै दुदिलाभाटिमा नारायण रानाको माछापोखरी, बम बहादुर गुरुङको माछापोखरीमा क्षेति पुगेको छ । नरेठाटिबाट दुदिाभाटि हुदै बरेङ जाने बाटो खोलामा परिबर्तन भएको छ । बाघमारा खोलामा रहेको खानेपानि, ज्यामिरे र थलिङमा रहेको सामुदायिक बिद्यालय तथा बालबिकास केन्द्रमा क्षेति पुगेको छ ।
काडेबास मल्लममा रहेको जलबिद्युत तथा दरमखोला जलबिधुत प्रालिमा समेत क्षेति पुगको छ । त्यस्तै गलकोट नगरपालिका वडा नं ४ चमुवाको लहरेनी सिचाइ योजना र लहरेनी खानेपानी योजनाको मुहान बगाउदा करिब २ सय घर परिवारलाई खानेपानीको समस्या भएको छ । त्यस्तै गलकोट नगरपालिका – ४ चमुवा कोलाको मान बहादुर क्षेत्रीको घर र देवेन्द्र सुवेदीको घर उच्च जोखिममा रहेको छ । गलकोट नगरपालिका वडा नं ४ नुवाकोटको तिजको डाडाँ घुम्ती, ओखरबोट रातोपुल लगायतका स्थानमा मोटरबाटो अवरुद्ध भएको वडा अध्यक्ष बल बहादुर खत्रीले जानकारी दिए ।
यस्तै गलकोट नगरपालिका वडा नं ६ को चरौदी गुयली  सेतिवेशी मोटरबाटो समेत वर्षाका कारण अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology