पोखरामा गलकोटेको नयाँ मम पसल

पोखरा,६ बैशाख – मम अहिलेको सस्तो र लोकप्रिय खाजा हो । सस्तो र स्तरीय खाजाको रुपमा मम को ब्यापार फस्टाउन थालेको छ । पोखरामा पनि मम पसल छ्यापछ्याप्ती छन । तर ,काठमाडौको झोल ममको ब्राण्डले चलेका मम पसलमा ग्राहकको भीड लाग्ने गरेको छ । पोखराको पृथ्वीचोकमा लामो समयदेखि सञ्चालन मा रहेको काठमाडौ मम हाउस पनि झोल मम को ब्राण्ड बनेको छ । पृथ्वीचोकमा ग्राहकको भीड थाम्न नसकेको मम हाउसले पोखरा १ बगरपाखामा समेत शाखा सुरु गरेको छ । शुक्रवारदेखि विद्यार्थीहरुलाई लक्षित गरेर पृथ्वीनारायण क्याम्पस नजिक शाखा सुरु गरेको सञ्चालक फरेन्द्र थापाले जानकारी दिए । भेज ,बफ र चिकेन मम अन्य स्थानमा भन्दा सस्तो मुल्यमा खुवाउने उनले बताए । हाललाई ५ प्लेट मम खाँदा १ पिलेट सित्तैमा दिने सञ्चालक सन्तु थापाले बताइन । बागलुङको गलकोटका दिदी भाइ व्यापार गर्न पोखरा झरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology