प्रेमिल पोखरा र आदर्शप्रेमी

हिमाल, ताल र सुन्दर परिवेश । के छैन पोखरामा ? सब थोक छ, यहाँ । अग्लिएको हिमाल हेर्दै प्रेमिकाको अंगालोमा बाँधिन सकिन्छ, तालमा ढल्पलिएको डुङ्गामथि प्रेमीको काखमा निदाउन सकिन्छ । भौतिक सुविधाको कुरै छाडौँ, अल्ट्रालाइटमा बसेर हावामा कावा खान र तालको किनारामा बसेर ‘क्याण्डललाइट डिनर’को मज्जा लिने सुविधा पनि पोखराले नै दिन्छ ।
‘हो पोखरा हनिमुन डेष्टिनेसन हो, भर्खरै बिहे गरेकाहरुले खुल्लमखुल्ला प्रेम गर्ने योभन्दा उत्कृष्ट ठाउँ सायदै होला’,कवि मन क्षेत्री भन्छन्,‘ प्रेमिल भएकै कारण फेवातालबीचमा रहेको बाराही मन्दिर र प्रसिद्ध विन्ध्यवासिनीका पुजारीहरु धेरै प्रेमिल जोडीको लगनगाँठो कसेको क्षणको साक्षी बस्न पाएका छन् ।’
पोखराको प्रमुख पर्यटकीय गन्तव्य पोखराले प्रेमिल जोडीलाई तान्छ । अझ, भनौँ मोहनी नै लगाउँछ । एकान्त खोज्ने मनहरुलाई सितलता दिन्छ र प्रेमको रोमाञ्चकतालाई ‘बेडरुम’ भन्दा पर मनको कुनामा पु¥याइदिन्छ ।२०औँ शताब्दीका महान दार्शनिक ओशोका अनुसार प्रेमको लागि प्रेमिल मन, भावुकतापूर्ण समर्पण र अह्मको बिसर्जन अपरिहार्य हुन्छ । वासनाभन्दामाथि उठेको प्रेम नै वास्तविक प्रेम हुन्छ ।
कवि मन क्षेत्री थप्छन्,‘साच्चै प्रेम झाङ्गिन वा व्यक्त गर्न वातावरणको ठूलो हात हुन्छ र नेपालकोलागि पोखरा प्रेम व्यक्त गर्ने थलो नै हो ।’ मनले भनेजस्तै साँच्चै पोखरासँग प्रेमका ठूलै कथाहरु जोडिएका छन् ।
र, यसको अग्रपंक्तिमा आउँछन्, मानवतावादी प्रेम र शुन्यवादी जीवनदृष्टिका प्रणेता ससरुभक्त । आयातित ‘प्रेम दिवस’मा मात्र हैन, हरेक प्रेमीहरुले सम्झने नाम हो, सरुभक्त । पोखरा बागबजारका भक्तराज श्रेष्ठले यौवनवयमै आफ्नो नाममा जोडिएका पुच्छरहरु हटाए र नामको अगाडि ‘सरु’को फुर्को जोड्न पुगे । भक्तराज एकाएक सरुभक्त बनेपछि उनी रहश्यमयी मात्र बनेनन्, प्रेम र समर्पणका पर्याय पनि भने ।
आखिर को हुन् त सरु ? सरुभक्तलाई ‘भक्त’ भनेर सम्बोधन गर्ने उनका समवयीहरु पनि खुल्दैनन् । सरुभक्तले त भन्ने कुरै भएन । सरुबारे यो पंक्तिकारले एउटा रेडियो कार्यक्रममा यो पंक्तिकारले लिँढेढिपीकै तालमा प्रश्न बर्साएपछि उनले केही रिसाएर भनेका थिए,‘ सबै कुराका उत्तर हुँदैनन्, म मेरा कुरा आत्मकथामा लेख्छु ।’ उनको आत्मकथा आएको छैन । तर, जगजाहेर छ, सरुभक्त जवानीका कुनै बेला कुनै सुन्दरीलाई मन पराउँथे । आखिर सबै प्रेमहरु प्राप्ति वा मिलनमा गएर टुंगिदैनन् । सरुभक्तलाई पनि सायद, यस्तै भयो । उनी सरुको नाममा जीवनभर अबिबाहित रहे÷छन् ।
‘मलाई मैले नरोजेको सुखभन्दा रोजेको दुःख प्रिय लाग्छ र बिबाह मैले नरोजेको सुख हो । संसारमा धेरै सुख र आवश्यकता छन् जसलाई रोज्न सकिन्छ, अपनाउन सकिन्छ तर मैले यस्तो जीवन रोजेँ, जुन दुःखपूर्ण,कष्टपूर्ण,समस्यायुक्त भए पनि मैले एक्लो बस्ने निणर्य गरेँ ।’
उनको उत्तर अक्सर यस्तै हुन्छ । घरका जेठा छोरा सरुभक्त यतिबेला ६५ औँ वयमा हिँड्दैछन् । उनी एक्ला छन् र सरुभक्त नै छन् । जीवनको यात्रामा बरु, उनले छोरी सरस्वती प्रतीक्षा पाए । नेपाली साहित्यकी मेधावी हस्ताक्षर सरस्वती लालचन याने सरस्वती ‘प्रतीक्षा’ सरुभक्तको छोरी हुन पाएकोमा गर्वित छन् ।
प्रेममा समर्पण हुन्छ । इन्दिभरको रचनामा मुकेशले गाएको पूरव और पश्चिमको गीत सायद, समर्पणको हकमा पुरुषहरुको लागि महावाणी बन्न सक्छ । जहाँ प्रेमिकाप्रति समर्पणको महान उद्घोष सुन्न सकिन्छ ।

कोही जब कोही तुमार हृदय तोड दे ।
तड्पता हुवा जब कोही छोड्दे ।
कोही जब कोही तुमार हृदय तोड दे ।
तड्पता हुवा जब कोही छोड्दे ।
तब तुम मेरा पास आना प्रिय
मेरा द्धार खुला हे खुला हे खुला ही रहेका …तुमारा लिए ।
कोही जब तुमार हृदय तोड्दे ।
अभी तुमको मेरी जरुरत नही
बहुत चाहनेवाले मिल जाहेगे
अभी रुपका सागर हो तुम ,कमल जित्ने चाहो खिल जाहेगे्
दपर्ण तुमे जब डराने लगे, जवानी भी दामन छुडाने लगे
तब तुम् मेरे पास आना प्रिय, मेरा सर झुका हे झुका हे झुका ही रहेगा, तुमारी लिए ।
कोही जब कोही तुमार हृदय तोड दे ।
तड्पता हुवा जब कोही छोड्दे ।
कोही सर्त नही होती नही प्यारेमे , मगर प्यार सर्तोपे तुमने किया
नजरमे सितारे जो चम्के जरा, बुझना लगी आरतीका दिया
जब अपनी नजरेमे गिरनु लगो, अधेँरोमे अपनी घिरने लगो
तम तुम् मेरे पास आना प्रिय
ये दीपक जला रहा हे,जला ही रहेका तुमारे लिए ।
कोही जब कोही तुमार हृदय तोड दे ।
तड्पता हुवा जब कोही छोड्दे ।

कुरा फेरि पोखराकै । हो , पोखरा प्रेमिल छ । परिवेश न हो । नारायणगोपालको गीतजस्तै माया गर्ने हातहरुले घात पनि त गर्न सक्छन् ! अहँ , पोखरामा त्यसो हुँदैन । प्रेमिल प्रकट पगेँनी शिव मायामा घात हैन, मादकता पस्कन्छन् । समवयी सरुभक्तजस्तै उनी पनि ‘अन्ना’ लाई खुबै सम्झन्छन् । तर शिवराज पगेँनी उर्फ प्रकट ‘अन्ना काल्पनिक पात्र हुन्।’ भन्न रुचाउँछन् । प्रणयवेदका ऋचाहरुमार्फत उनले आफ्नो प्रेमिल स्वभाव पाठकहरुमाझ छताछुल्ल पारेका छन् । प्रेममा यौनलाई मिसाउने उनको गज्जबको खुबीका कारण उनी नेपाली साहित्यका भ्यालेण्टाइन ब्राण्ड नै मानिन्छन् ।

तप्प तप्प जलबिन्दु चुहाएर के निस्कियौ
स्नीग्ध कञ्चन कोमल अहा! नुहाएर के निस्कियौ

भाग्यमानी रैछ साबुन फिँजैफिँज भै बरालियो
जुन साबुनलाई अङ्ग(अङ्ग छुहाएर के निस्कियौ

पानी पनि आगो बन्छ कामदेवको आशिष पाउँदा
जुन पानीमा यस्तो रूप डुबाएर के निस्कियौ

घामको कुरा नगरौं भो टाँसियो घाम त्यै लुगामा
जुन लुगालाई भर्खर तिम्ले सुकाएर के निस्कियौ
त्यै गाँठोमा गाँठो पार प्रकटलाई ओ रूपसी!
जुन गाँठोमा कोमल अङ्ग लुकाएर के निस्कियौ !

यौनमा यतिधेरै मरिहत्ते किन त ? उनी सहजै उत्तर दिन्छन् ‘प्रेम मेरो रहर हो । म यसमै रमाउँछु । हरेक मानिस प्रेम र यौनमा आवद्ध हुन्छ। प्रेमका विषयमा लेखिएका कुराले मानिसको मन छिट्टै छुन्छ ।’
उनका अनुसार पार्क र बगैँचामा प्रेमिल जोडी देखिँदा उनी भित्रभित्रै मुस्कुराउँछन् रे ! उनी प्रेम र यौनलाई जीवनको सुन्दरता मान्छन् । र त, उनी हरेक कुरामा बासनालाई जोड्न भ्याउँछन् , युवा पुस्तालाई मौकामा चौका हान्ने कल्पनाशील बनाउँछन् ।

हातमा समाई उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो
सारीको सप्को अलि माथि सार्नुको मज्जा बेग्लै थियो

वारिबाट पारिसम्म छोटो बाटो भए पनि
आले(टाले गर्दै बेला टार्नुको मज्जा बेग्लै थियो

भेल थियो भेलमा उनले डराएर टेक्नै छाडिन्
मलाइ भने यस्तै मौका पार्नुको मज्जा बेग्लै थियो ।
अनि, पोखरा साहित्यमा समर्पणको महानता, मिलनको उत्सवमात्र मनाउँदैन, विछोडको विरह पनि गाउँछ । अरुण थापालाई नै हेरौँ न ! नेपाली सुगम संगीतका चम्किला नक्षत्र अरुणको पोखरा साइनोसँग उनको मुटको धड्कन पनि जोडिएको छ । सरुभक्तकै भाषामाभन्दा उनी कसैलाई प्रेम गर्थे तर बिहे गरिसकेपछि पनि उनीहरुको प्रेम सफल हुन सकेन । प्रेमिकाको परिवारले उनलाई स्वीकारेन । प्रेमिका छुटाइयो । र, उनी विरहमा बग्न थाले । उज्लालो मन नपराउने भए ।
चोट के हो व्यथा के हो मजस्तो घाइतेलाई सोध, मिलन के हो खुसी के हो, मसँग कहिल्यै सोध्दै नसोध ………….

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology