सगरमाथाको उचाई मापन गर्न गएका टोलीलाई स्वागत

काठमाडौं,१० जेठ – सगरमाथाको उचाई मापन गर्न गएको सरकारी टोली बिहिवार काठमाडौं फर्किएको छ । नेपाल सरकारका तर्फबाट आफ्नै स्रोतसानधनमा सगरमाथाको उचाइ मापन गर्न गएको नापी विभागको टोली जेष्ठ ८ गते बिहान ३ बजे सगरमाथाको चुचुरोमा पुग्न सफल भएको थियो ।
यसैबीच सगरमाथाको आरोहण गरेर फर्किएको सरकारी टोलीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार स्वागत तथा बधाई ज्ञापन गरिन । मन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री अर्याल, मन्त्रालयका सचिव गोपिनाथ मैनाली, नापी विभागका महानिर्देशक प्रकाश जोशी लगायतले सगरमाथाको उचाइ मापनका निम्ती सगरमाथाको आरोहण गरेर फर्किएको प्रमुख नापी अधिकृत उपसचिव खिमलाल गौतम नेतृत्वको टोलीलाई फुलमाला र टिकाले स्वागत गरेका हुन ।
पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले सरकारले पहिलोपटक आफ्नै साधानस्रोतमा सगरमाथाको उचाइ मापन गर्ने कार्य गरेको भन्दै यो सबैका लागि गौरवको कुरा भएको बताइन । अहिलेसम्म सगरमाथाको उचाइ आफ्नै पहल तथा लगानीमा नेपाल सरकारले गरेको थिएन। विभिन्न देशहरूले विभिन्न समयमा गरेका थिएु, मन्त्री अर्यालले भनिन, यसपाली सरकारले आफ्नै स्रोतसाधनमा आफ्नै लगानीमा गरेको छ। यो हामी सबैका निम्ती गौरवको कुरा हो । मन्त्री अर्यालले आरोहणको महत्वपूर्ण काम सम्पन्न गरेपनि ६ महिनाभित्र नेपाल आफैंले मापन गरेको सगरमाथाको वास्तविक उचाई प्राप्त हुने बताइन ।
गएको चैत २७ गते सगरमाथाको उचाइ नाप्नका निम्ती नापी विभागका प्रमुख नापी अधिकृत उपसचितव खिमलाल गौतम नेतृत्वको टोली सगरमाथातर्फ प्रस्थान गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री अर्यालको शुभकामना लिएर गएको टोलीलाई वैशाख २८ गते भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले सगरमाथाको आधार शिविर (बेसक्याम्प) मै पुगेर बिदा गरेकी थिइन ।
कार्यक्रममा सगरमाथा आरोहणका बारेमा जानकारी दिँदै टोलीका संयोजक विभागका प्रमुख नापी अधिकृत गौतमले निकै कष्टपूर्ण तरिकाले राज्यले दिएको जिम्मेवारी पुरा गरेर फर्किएको जानकारी दिए । जेष्ठ ८ गतेका दिन बिहान ३ बजे सगरमाथाको चुचुरोमा पुगेर आफ्नो टोली १ घण्टा १६ मिनेट सगरमाथाको चुचुरोमा मापन कार्य गरेर बिताएको उनले जानकारी दिए ।
फर्कने क्रममा निकै कष्ट समेत ब्यहोर्नुपरेको सरकारी प्राविधिक टोलीलाई गाइड गरिरहेको पिक प्रमोशन प्रालीका टोली प्रमुख छिरिङ जाङ्बु शेर्पाले बताए । ठूलो जोखिमका बावजुद सकुशल फर्किन सफल भएको उनले बताए।
प्रमुख नापी अधिकृत गौतमको नेतृत्वमा नापी अधिकृत रविन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धितालले सगरमाथाको उचाई मापन गर्न गएका थिए। जसमध्ये भण्डारी र धितालले वेशक्याम्पमा बसेर सम्पर्क शुत्रको काम गरे भने प्रमुख गौतम र कार्कीले सगरमाथाको चुचुरोमै पुगेर उचाइ मापनको कार्य गरेका थिए। पिक पर्मोशन प्रालीका छिरिङ जाङ्बु शेर्पाको नेतृत्वमा पेमा ङिमा शेर्पाले प्राविधिक कर्मचारी टोलीलाई चुचुरोसम्मै पुर्‍याउन मद्दत गरेका थिए। आङ्बु शेर्पा, आङ पासाङ शेर्पा र केशव पौडेलले व्यवस्थापनको काम गरेका थिए।
आरोहरणका क्रममा बेलैमा उद्दार नभएको भए ज्यानै ज्यान गुमाउने सम्भावना रहेको समेत त्यस सन्दर्भमा आरोहण टोलीले बताएको थियो ।
२०७२ सालको भूकम्पपछि सगरमाथाको उचाइमा घटबढ भएको हुनसक्ने विषयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कुरा उठेपछि त्यो विषयलाई मध्यनजर गर्दै नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले आफ्नै स्रोतसाधनबाट सगरमाथाको उचाई मापन कार्य अगाडी बढाएको हो ।
राष्ट्रिय गौरव र अन्तराष्ट्रिय चासोको रूपमा रहेको सगरमाथाको उचाई मापन कार्य परम्परागत विधि (समतल नापी) तथा आधुनिक विधि (जिएनएसएस) एवं स्थलगत (भूआकर्षण सर्वेक्षण) जस्ता विधि अवलम्बन गरिएको बताइएको छ ।
सगरमाथाको सफल आरोहण भइ तथ्यांक संकलन भइसकेको र अन्य स्थलगत सर्भेक्षणबाट तथ्यांकहरू प्राप्त हुने क्रममा रहेकोले सम्पुर्ण तथ्यांकहरू प्राप्त भएपश्चात् तथ्यांकहरूलाई प्रशोधन गरी परिशुद्ध उचाई विश्व सामु प्रस्तुत गर्न नापी विभाग सक्षम रहेको जानकारी दिइएको छ ।

 

सगरमाथा मापनसम्बन्धी केही तथ्यहरू

नेपालले पहिलोपटक आफ्नै स्रोत साधनको प्रयोगमा सगरमाथाको उचाई मापन गर्न गइरहेको छ ।संसारको सबैभन्दा अग्लो चुचुरोको उचाई करिब १७० वर्षअघि मापन भएको तर यो वर्ष हामी मापन गर्दैछौ।
सन् २००५ मा चिनले नेशनल ब्युरो अफ सर्भेइङ एण्ड म्यापिङले ८८४४।४३ मिटर उचाई मापन गर्‍यो ।
अमेरिकाले सन् २००० मा ८८५० मिटर उचाई रहेको उल्लेख गर्‍यो ।
ईटालियनले सन् १९९२ मा ८८४८।६५ मिटर उचाई मापन गर्‍यो ।
सन् १९७५ मा चिनले ८८४८।१३ मिटर मापन गर्‍यो ।
सन् १९५४ मा सर्भे अफ इण्डियाले ८८४८ मिटरको उचाई मापन गर्‍यो । र हामीले अहिलेसम्म यसैलाई आधिकारिक उचाई पनि मान्दै आएका छौ ।
सन् १८४९ मा ब्रिटिस सर्भे अफ इण्डियाले ८८४०।५० मिटर उचाई मापन गर्‍यो । तर त्यतिबेला पुरानो प्रविधिको प्रयोग भएको थियो ।
नापी विभागले २०७२ सालमा भूकम्प गएपछि नगरकोट, चन्द्रकोट, फुल्चोकी लगायत काठमाडौं वरिपरिका डांडाहरूलाई आधार मानेर सर्भे गर्दा ०।९१ मिटर करिब १।०० मिटर उचाई बढेको पाइयो ।
वि।सं। २०७२ सालको भुकम्पका बेला सगरमाथा बेश क्याम्पमै १२ जनाको मृत्यु भयो ।
संसारभर यतिबेला सगरमाथाको उचाईको विषयलाई लिएर विभिन्न प्रश्न उठेका छन् ।
यसै सन्दर्भमा भारतले यसको पछिल्लो उचाई मापन गर्ने इच्क्षा व्यक्त गर्‍यो । त्यति नै बेला नेपालले नाकाबन्दीको सास्ती खेप्नुपर्‍यो ।
त्यसपछि नेपाल सरकार आफैले सगरमाथाको उचाई मापन गर्ने भनेर घोषणा गर्‍यो । फलस्वरूप आज हामी आफैले सगरमाथाको उचाई आफैले मापन गर्दैछौ।
यसै सन्दर्भमा संसरभारका विभिन्न राष्ट्रका नाप नक्सा सम्बन्धी वैज्ञानिकहरूको अन्तराष्ट्रिय कार्यशालको सुझाबअनुसार सगरमाथाको उचाई न्ल्क्क् प्रविधिलाई नाप्ने निर्णय भयो । (ईटालियन, चाईनिज, ईण्डियन, अमेरिकन, न्यूजिल्याण्ड, जापान सहितका नौ देशहरू)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology