अमर, सिद्धार्थ र चिल्डेन लाईफको विजय सुरुवात

बागलुङ,२७ जेठ – बागलुङमा जारी अन्तर विद्यालय स्तरीय क्विक्स कप फुटबल प्रतियोगीतामा आईतबार तीन खेल सम्पन्न भएका छन् ।आइतबार भएको खेलमा अमर आदर्श , सिद्धार्थ शिक्षा सदन र चिल्डे«न लाईफ बोर्डिङ्ग स्कुलले विजय यात्रा सुरु गरेका हुन ।दोस्रो दिनको पहिलो खेलमा यु.एस एकेडेमीलाई ० का विरुद्ध १ गोल अन्तरले पछि पार्दै अमर आदर्श अघिल्लो चरणमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा अमर आदर्शको लागि एक मात्र गोल पहिलो हाफको २८ औं मिनेटमा आरोज सुनारले पेनाल्टीबाट गोल गरेका थिए ।युएस एकेडेमीका खेलाडीले डिबक्स भित्र फलगरेपछि अमर आदर्शले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई सदुपयोग गर्दै सुनारले टिमलाई विजयी गराए ।दोस्रो खेलमा सिद्धार्थ शिक्षा सदनले न्यू ओएसिस बोर्डिङलाई ३–० गोल गर्दै अघिल्लो यात्रा तयार गरेको थियो । सिद्धार्थ शिक्षा सदनको जितमा रविन थापाले पहिलो हाफको १६ औँ मिनेटमा हेडिङ मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको २६औँ मिनेट प्रकाश पुन र ३० मिनेटमा पुनः प्रकाश पुनले गोल गर्दै जित सुनिश्चित गरेका थिए ।
तेस्रो खेलमा चिल्ड्रेन लाइफ बोर्डिङले धवलागिरी आवासीय बोर्डिङलाई ६ गोलले पाखा लगायो ।
चिल्डेन लाइफ बोर्डिङका अजय पुुनले पहिलो हाफको ८ मिनेट, १२ मिनेट ,१९ मिनेट र २३ मिनेटमा व्यक्तिगत ४ गोल गरेका थिए भने पहिलो हाफको १६ औँ मिनेटमा प्रमिस पुुन मिनेट र ३६ औँ मिनेट चलोन जि.सीले थप एक गोल गर्दै फराकिलो जित निकालेका हुन ।सोमवार ५ खेल हुुने छ । पहिलो खेलमा धावि मावि र न्यू एभरेष्ट दोस्रो खेल अमृत आदर्श र गणेश मावि, तेस्रो खेल त्रिभुुवन मावि र आदर्श विद्यामन्दिर बोर्डिङ विच प्रतिपर्धा गर्ने छन् ।
प्रतियोगितामा छात्र तर्फको विजेताले नगद १५ हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै छात्रा तर्फको विजेता टिमले ५ हजार रुपैयाँ र उपविजेता टिमले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology