कफि बिया एन्ड रेस्टुरेन्टको राजेस र करिस्माले उद्घाटन गर्ने

पोखरा,२८ जेठ – पोखरामा रहेको कफि बिया एण्ड रेस्टुरेन्टको महानायक राजेस हमाल र  अभिनेत्री करिस्मा मानन्धरले औपचारिक उद्घाटन गर्ने भएका छन् । जेठ २९ गते उनिहरु द्वारा औपचारिक उद्घाटन गरिने संचालकले जनाएका छन् ।
सोमबार पत्रकार सम्मेलन मार्फत उक्त जानकारी गराइएको हो । रजपटमा बाहेक अन्य सार्वजनिकक स्थानमा संगै नदेखिने राजेस र करिस्माले सयुक्त रुपमा रेस्टुरेन्ट उद्घाटन गर्ने भएका हुन । २०७५ कार्तिक ७ गतेदेखि पोखराको न्युरोडमा सञ्चालित उक्त रेस्टुरेन्टले औपचारिक रुपमा आफ्नो सेवा सुरु गर्ने जनाएको छ ।
पाँच जना युवाहरुले उक्त रेस्टुरेन्ट सुरु गरेका हुन । रेस्टुरेन्ट संगै बारिस्ता स्कुल र बेकरी स्कुल समेत सञ्चालनमा रहेको ब्यबसायी राजकुमार कार्कीले जानकारी दिए । कार्की संगै प्रदीप गुरुङ ,अनन्त पराजुली ,उत्तम लामिछाने र राम बास्तोलाको टिमले रेस्टुरेन्ट सञ्चालन गरेका छन् । कफि बियाले लोकल कफी र अर्गा्निक खानाका परिकार मार्फत ग्राहकको मन जित्ने सञ्चालक कार्कीले बताए ।
रेस्टुरेन्टमा दुई महिनादेखी बारिस्ता स्कुल सञ्चालनमा रहेको छ । बारिस्ता संगै बेकरी ल्याब समेत सुरु गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।रेस्टुरेन्ट संगै युवाहरूलाइ वैदेशिक रोजगार र स्वरोजगार बनाउने उदेश्यले स्कुल सञ्चालन गरेको अर्का सञ्चालक प्रदिप गुरुङले जानकारी दिए ।अहिलेसम्म रेस्टुरेन्टमा ६ करोड ६५ लाख लगानी गरेको र ३५ जनाले प्रत्येक्ष रोजगार प्राप्त गरेको गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology