पोखरामा भ्यानले ठक्कर दिदा स्कुटरमा सवार कृष्णप्रसादको ज्यान गयो

पोखरा, जेठ २८  पोखरामा भ्यानको ठक्करले स्कुटर चालकको मृत्यु भएको छ । पोखराको इन्द्रचोक नजिकै बा १४ च ५८१२ नम्बरको गाडीले ग ८ प १९१४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनाबाट स्कुटर चालक २० वर्षीय   कृष्णप्रसाद चौलागाईको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख मुरारी मिश्रले जानकारी दिए ।दुर्घटनामा घाइते चौलागाईंको उपचारका लागि नजिकैको पोखरा हस्पिटल लगिएको थियो । अस्पताल पु¥याउने वित्तिकै डाक्टरले मृत घोषणा गरेका हुन् । काठमाण्डौं स्थित एक इन्टरनेट कम्पनी मा काम गर्ने उनी कामकै शिलशिलामा पोखरा आएका थिए ।बाटो काट्ने क्रममा महिलालाई जोगाउन खोज्दा उनको स्कुटर पल्टेको थियो । स्कुटर सहित पल्टिएका चौलागाईंलाई पछाडीबाट आईरहेको गाडीले ठक्कर दिएको हो ।गाडी चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology