४३ लाख सकियो ,गल्कोटका निराजनलाई निको भएन !

गलकोट ,२९ जेठ – गलकोट नगरपालिका बाड नम्बर ६ निवासी गंगा बहादुर बस्नेतका छोरा बिरामी भएको २ बर्ष भएको छ । सुरुमा ढाडमा सुन्नीएर अस्पातलमा भर्ना भएका १३ बर्षिय बेलबहादु्र (निराजन) बस्नेतलाई क्यान्सर भएको प्रमाणित भएको छ । सम्बुद्ध एजुकेशनल एकेडेमी स्कुलमा कक्षा ६ मा अध्ययनरत बस्नेत पछिल्लो समय उपचारको क्रममा रहेका छन् । सामान्य दुखाई र शरिरको कही भाग सुन्नीए पछि पोखरा स्थित मेट्रोसिटि अस्पतालमा उपचार गराउन लगेको बस्नेतका बुबा गंगाबहादुर बस्नेतले बताए । अस्पतालले क्यान्सर रोग लागेको र ढाडको हड्डिमा क्यानसर रहेकोले बिपि कोईराला क्यान्सर अस्पतालमा उपचार गराउन रिफर गरेको बस्नेतको भनाई छ । क्यान्सर अस्पतालमा निरन्तर उपचार गरियो, बस्नेतले भने “५ पटक सम्म अपरेशन गरियो, क्रमश १३ पटक किमो थेरापी पद्धतीबाट उपाचार गरियो ७ पटक सम्म एम आर आई पनि गरियो तर रोग निको भएन”। रोग निको हुनु भन्दा टाउको, दात लगाएतका अङ्गमा क्यान्सर सरेर सुन्निएको छ । बस्नेतका अनुसार भारतको बिएल अस्पताल, एक्स अस्पताल र नेपाल क्यान्सर अस्पताल हरिसिद्ध, राष्ट्रिय ट्रमा सेन्टरमा गरि २ बर्ष सम्म निरन्तर उपचार गर्दा ४३ लाख भन्दा बढि खर्च भईसकेको छ ।
मध्यम परिबारमा जन्मीएका निराजन बस्नेत अहिले ८ दिन देखी केही खान र आराम गर्न समेत नसकेको आमा रेखा बस्नेतले जानकारी दिइन । २ छोरी पछिका छोरा बस्नेत क्यान्सर रोगले ग्रसित भएपछि उपचार सम्भब नभएको भन्दै अस्पतालले घरमै फिर्ता पठाएको छ । रेखा बस्नेतले भनिन “छोराको पिडाले दिनदिनै रुवाएको छ, उपचार गर्न खर्च अभाब भयो, उपचार समेत सम्भब भएन ।”
यसैविच मंगलवार पीडित बस्नेतलाई गलकोट समाज युकेले २५ हजार सहयोग गरेको छ । गलकोट समाज युकेका अध्यक्ष राजु कडेलको नेतृत्वमा संकलन भएको रकम परिवारलाई हस्तान्तरण गरिएको समाजका सल्लाहाकार बिरजंग भण्डारीले जनाकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology