अहिंसावादी रेडियो पर्वतमा आगालागी,विद्युतीय सामाग्री नस्ट

पर्वत,२९ जेठ – पर्वतको अहिंसावादी रेडियो पर्वतमा १०३.६ मेगाहर्जको कार्यालयमा मंगलवार राती आगालागी भएको छ । राती १ बजेको समयमा विद्युत सर्ट भएर आगालागी हुँदा सम्पुर्ण सामाग्रीहरु जलेर नष्ट भएका छन् भने घरमा समेत क्षति पुगेको छ । आगालागीबाट रेडियोको ट्रान्समिटरमा समेत क्षति पुगेको छ भने ७ वटा कम्प्युटर, दुई वटा मिक्सचर, हाईब्रिड, टेलिभिजन लगायतका सामग्रीहरु पुर्ण रुपमा नष्ट भएको रेडियोका स्टेशन म्यानेजर शंकर शर्माले जानकारी दिए। उनका अनुसार आगालागी भएपछि स्थानीयवासी र प्रहरीको सक्रियतामा राती दुई बजे नियन्त्रणमा लिईएको थियो ।
विद्युत जडान गरिएको स्वीचमा समस्या आएका कारण पुर्ण रुपमा क्षति पुगेको हो । आगालागीबाट रेडियो संचालित घरका तीन वठा कोठामा समेत क्षति पुगेको छ । झण्डै तीस लाख रुपैया भन्दा बढिको क्षति भएको शर्माले जानकारी दिए ।
२०६४ सालदेखि ग्रामीण क्षेत्र फलेवासवाट प्रशारण हुँदै आएको सामुदायिक रेडियो पर्वत हाल अहिंसावादी रेडियो पर्वतको नाममा संचालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology