पोखरामा गोली चल्यो ,दुई लागूऔषध कारोबारी पक्राउ

पोखरा,२९ जेठ – वुधवार प्रहरीले दुई जना लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली समेत चलाउनु पर्यो । पोखराको उत्तमचोकमा लागू औषध कारोबारी  भएको जानकारी पाएपछि प्रहरीले पक्राउ गर्ने क्रममा प्रहरीलाईनै आक्रमण भएपछि प्रतिरक्षामा प्रहरीले गोली चलाएको हो । प्रहरीले चलाएको गोलीबाट लागूऔषध कारोबारमा संलग्न पोखरा रामबजारका ३० वर्षीय गोविन्द थापा घाइते भएका छन् ।  उनको  खुट्टामा गोली लागेको छ । घाइते थापालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको लागि राखिएको  कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । उत्तमचोकमा रहेको एक क्याफेमा प्रहरीले उनीहरुलाई लागूऔषध लिएर हिँडेको विषेश सूचनाको आधारमा प्रहरीले छापा हानेको थियो ।प्रहरीले नियन्त्रणमा लिन खोजेपछि उल्टै प्रहरीलाई चिर्पटले हिर्काएर भाग्न खोजेका थिए । प्रहरीमाथि प्रतिकार गरेपछि बाध्य गोली चलाएको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट प्रतिबन्धित लागुऔषध नर्फिन ५ सय एम्पुल, डाईजापाम ५ सय एम्पुल र फेनरागन ५ सयएम्पुल गरी १५ सय थान बरामद गरेको छ । उनले प्रयोग गरेको ग १३ प ८२२८ नम्बरको रोयल ईन्फील्ड मोटरसाईकल समेत बरामद भएको एसपी कार्कीले जानकारी दिए । उनको वारेमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी बुधवारनै लागू औषध सहित अंमरसिहं चौरबाट ३८ वर्षीया देबी कुमारी गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । अंमरसिहचौर मा ठुलो मात्रामा लागू औषध कारोबार भईरहेको छ भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई लागूऔषध सहित नियन्त्रणमा लिएको हो ।

उनको जेब्रा झोला तलासी गर्दा उक्त झोलामा रहेको डाईजापाम ३ सय थान ,फेनेरागन ३ सय थान र नर्फिन ३ सय थान गरी ९ सय थान लागू औषध बरामद गरेको एसपी कार्कीले जानकारी दिए । उनका श्रीमान्  उदयकुमार गुप्ता लागू औषध मुद्धामा कास्की कारागार रहेको र कारागारबाट फोन गरी लागू औषध लिएर आउने व्यक्तिसंग सामान बुझी अन्यत्र पु(याउनु भनेपछी अंमरसिह चौरमा गई सो सामान लिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनको साथबाट सामान पठाएको र९० हजार रुपैयाँको आई ई एम् आई  भरपाई समेत बरामद भएको छ । अन्य नेटवर्कको वारेमा खोजि भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology