प्रि–क्वाटरका खेलहरुमा अमर आर्दश बोर्डिङ, अमूत आदर्श बोर्डिङ र सिद्धार्थ शिक्षा सदन विजय

बागलुङ, २९ जेठ – बागलुङ बजारमा जारी क्विक्स कप अन्तरविद्यालय छात्रछात्रा स्तरीय फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार प्रि–क्वाटर फाईनलका तीन खेल सकिएका छन् । मंगलबार भएका तीन खेलमा अमर आदर्श, अमृत आदर्श र सिद्धार्थ शिक्षा सदन क्वाटरफाईनल प्रवेश गरेका छन् । मंगलबारको पहिलो खेलमा विद्यामन्दिर माध्यमिक विद्यालयलाई ४–० गोलअन्तरले पराजित गर्दै अमर आदर्श क्वाटर फाईनलमा प्रवेश गरेको हो । अमर आदर्शका लागि आरोश सुनुवारले ४ गोल गरे । खेलको पहिलो तीन मिनेटमानै गोल गरेका आरोशले १४ औं मिनेटमा दोस्रो, १९ औं मिनेटमा तेस्रो र पहिलो हाफको अन्तिम २४ औं मिनेटमा चौथो गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology