पोखरामा शंकास्पद वस्तु फेला

पोखरा,९ असार  -पोखरा महानगरपालिका -८ स्थित फेवा एग्रिकल्चर प्रालीले सञ्‍चालन गरेको तरकारी मन्डीमा शंकास्पद वस्तु फेला परेको छ । यहाँ तरकारी र फलफूलको गरी एक सयवटा सटर छन् । दिउँसो सवा ४ बजे मान्छेहरुको भिडभाड बढेको बेलामा एक्कासी बमको राखिएको हल्ला फैलिएको थियो । त्यतिबेला त्यहाँ करिब दुई सय ग्राहकहरु रहेको एक व्यापारीले बताए । “पिक टाइम सुरु हुँदा नै हल्ला फैलियो,” उनले भने । मन्डीको पार्किङ स्थलमा स्थानीय व्यापारीले नै शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त शंकास्पद वस्तु निलो रङको पाइपमा घडी जडान गरिएको छ । यकिन नै गर्न भने नसकिने वैदाम प्रहरी प्रमुख कोमल शाहले जानकारी दिए ।अहिले सबै सटर बन्द छन भने मण्डीभित्र प्रहरी मात्र छन् । स्थानीयको ठूलो संख्या गेट बाहिर छ । नेपाली सेनाको डिस्पोजल टोली केही बेरमा आउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology