विजयपुर डाइभर्सन बग्दा आधा गण्डकी क्षेत्र प्रभावित

  • करोडौँको पुलको आयु जम्मा ११ वर्ष ?
  • पोखरा,२५ असार –

    चीन र भारतबाट सामान बोकेका ट्रक बाटोमै थन्किए
     ट्रकको डिटेन्सन (थुना) चार्ज बढ्दो
     ३० टनसम्मका सवारीलाई वन वे
     करोडौँको पुलको आयु जम्मा ११ वर्ष ?
     विमानस्थलको काम पनि रोकियो
    आईतबार रातीको वर्षातले विजयपुर खोलामा राखिएका डाईभर्सन बगाउँदा ठूला मालबाहक गाडीहरु पोखरा आउन समस्या भएको छ । पोखराको ‘लाइफलाइन’ नै हो, यो पुल । त्यहाँबाट भित्रिने सामानले पोखरा मात्र नभएर, पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङ र स्याङ्जा पनि धानिन्छ । तर, बाटो नै भत्केपछि यता सामान ल्याउन समस्या मात्रै भएको छैन, निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य पनि प्रभावित बनेको छ । सन् २०२१ भित्र सक्ने लक्ष्यकासाथ अहिले विमानस्थलको निर्माणकार्य तीव्र छ । यतिबेला विमानस्थलमा निर्माणाधीन भवनहरुमा क्रंक्रिटको काम लगभग सकिईसकेको छ । स्टिल संरचना र फाउण्डेसन निर्माणमा व्यस्त निर्माणाधीन विमानस्थल चालु आर्थिक वर्षभित्रै ४० प्रतिशत कार्य सक्ने लक्ष्य लिइएको छ ।
    तर, स्टिल सामान बोकेका ट्रकहरु भने विमानस्थल नजिकैको विजयपुर खोलामा रोकिएका छन् । खोलामाथि बनेको मोटरेवल पुलमा ४ महिनादेखि १० टनभन्दा माथिका मालवाहक गाडी आवतजावतमा रोक लगाईएको छ । करौँडोको लागतमा निर्माण भएको यो पुल ११ वर्ष नपुग्दै जीर्ण बनेपछि ह्युमपाईप राखेर डाईभसर्नमार्फत अस्थायी निकास दिईएको थियो । तर, वर्षातको बहाव थेग्न नसकेपछि ह्युमपाईप सहित डाईभर्सन नै बग्यो । विमानस्थलको निर्माणकार्यमा प्रयोगका लागि ल्याईएका सामान बोक्ने ट्रकहरुले खोला तर्न पाएनन, बाटोमा नै रोकिए । बाटोमा नै सामान रोकिएपछि निर्माणाधीन विमानस्थलको काम प्रभावित भयो ।चिनियाँ निर्माण सिएएमसिका जनसम्पर्क अधिकृत कृष्ण चापागाईले भने,‘विमानस्थल भित्रका रित्ता ट्रकहरु पनि जान पाएका छैनन, सामान बोकेका ट्रकहरु पनि खोला तर्न पाएका छैनन्, सामान डेलिभर टाईममा नहुँदा त्यसै ह्याम्पर भई नै हाल्छ ।’ ट्रक नआउँदा विमानस्थललाई अहिले दुईवटा नोक्सान छन् । एक सामान नआउँदा काम नहुनु र दोश्रो बाटोमा रोकिएका ट्रकहरुलाई डिटेन्सन चार्ज तिर्नु ।
    अहिले विमानस्थलमा दैनिक २० वटा ट्रकहरु आवतजावत गर्छन् । बाटोमा मात्रै ४० वटा ट्रक रोकिएका छन् । कलकत्तामा लोडिङ्गको क्रममा छन्, भने वीरगञ्जमा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सामाग्री बोकेका ट्रकहरु छन् ।बाटोमा नै ट्रक रोकिँदा आयोजनाले प्रतिदिन प्रतिट्रक ६० डलर डिटेन्सन चार्ज तिर्नुपर्छ । यो शुल्क भन्सारमा रोकिए दुई सय डलर र कोलकत्ता पोर्टमा रोकिए अझै बढि तिर्नुपर्छ । ‘डिटेन्सन चार्ज तिनैप¥यो, सामाग्री यहाँबाट आउने होईन, कलकत्ताबाट आउने हो, बाटोमा नै रोकिँदा चार्ज पनि तिर्ने यता काममा पनि समस्या भएको छ ।’ उनले भने ।
    विमानस्थलको लागि चाहिने सामानहरु अहिले भारत र चीनबाट आउने गरेका छन् । चीनबाट आउने स्टिलका सामाग्रीहरु सिधै कोलकत्ता आउँछन्, भारतबाट आउने सिमेन्ट र रड पनि कोलकत्ता हुँदै नेपाल भित्रिने गरेका छन् ।२०२१ को जुलाइबाट अन्तराष्ट्रिय उडान पोखरा बिमानस्थलबाट पनि गर्ने योजनामा नागरिक उड्ययन प्राधिकरण रहेको छ । २२ अर्ब रुपैयाँको लागतमा बन्ने विमानस्थल अन्तर्राष्ट्रिय उड्ययन संस्था आइकाओको मापदण्ड अनुरुपको हुनेछ । नेपाल सरकारले चिनियाँ सरकारसँग २२ अर्ब रुपैयाँ ऋणमा लिएर बनाउन सुरु गरेको हो । १८० सिट क्षमताको जहाज पोखरामा अहिले विश्वका धेरै देशहरूमा उडान भरिरहेका मझौला खालका विमानले पोखराबाट उडान भर्नेछन ।त्यस्तै, मुनाकर्मीले विमानस्थल निर्माणमा ७० प्रतिशत सिभिलको काम हुने र बाँकी ३० प्रतिशत इक्यूपमेन्टको हुने भन्दै भने, ‘अहिले सम्म सिभिलको ३० प्रतिशत काम सकिएको छ । बाँकी ४० प्रतिशत पनि हामी दु्रत गतिमा गरिरहेका छौँ । यो सकिएको छ महिनामै बाँकी ३० प्रतिशत काम सम्पन्न हुन्छ ।’
    प्राधिकरण र सिएएमसिईबीचको सम्झौतामा इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसन)को मापदण्डअनुसार ‘फोरडी’ मोडलमा विमानस्थल बनाउने उल्लेख छ ।
    गत फागुन २६ गतेदेखि यो पुलमा १० टनमाथिका सवारीहरुलाई आवागमनमा निषेध गर्दैे विकल्पमा डाईभसर्न बनाईएको थियो । तर, खोलामा पानीको बहाव नघटेपछि ३० टनसम्मका मालवाहक गाडीहरु भने पुलबाटै आवतजावत गर्न थालेका छन् ।
    ७० टनसम्मको क्षमता भएको पुल निर्माणयता एकपटक पनि मर्मत गरिएको थिएन । स्वयम् सडक डिभिजन कार्यालयले मर्मतमा हालसम्म कति खर्च भयो भन्ने तथ्यांक पनि यकिन नरहेको जनाएको छ ।सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोखरेलले सोमबार राती मार्बल र फलाम बोकेका बाहेक अन्य मालवाहक गाडीहरु पुलबाटै क्रस गरिएको जानकारी दिए । ‘३० टनसम्मका गाडीहरुलाई रातीमा ट्राफिक कम हुँदा एकपटकमा एउटाको दरले पुलबाटै आवतजावत गराइएको छ ।’ उनले भने ।तर, यो पनि स्थायी विकल्प भने होइन् ।
    करोडौँको पुलको आयु जम्मा ११ वर्ष ?
    एकहप्तामात्रै गाडीहरु नियमित गुडेको भए ठुलै भवितव्य हुने अनुमान गरिएको यो पुल ११ वर्षमै चर्कियो । रंगरोगनका क्रममा पुल जीर्ण बनेको थाहा पाएपछि सडक डिभिजन कार्यालयले तत्कालै १० टनमाथिका सवारी आवागमनमा निषेध लगायो ।दैनिक ६ हजार गाडी गुड्ने पृथ्वी राजमार्गमा रहेको यो पुल पोखराको प्रवेशद्वार नै हो । गण्डकी प्रदेशसभामा समेत विषय प्रवेश पाएको पुल २०५९ सालमा टेण्डर भएर म्याद थप गरेपछि २०६४ मा बल्ल निर्माणकार्य सकिएको थियो ।२०५९ सालमा भएको सम्झौतापत्र डिभिजन कार्यालय आफैले पनि अहिलेसम्म भेटाएको छैन् । म्यादथप कतिपटक भयो भन्ने कागजात पनि छैन् । पुलको डिजाईन मात्र भेटिएको र अन्य कागजात खोजीक्रममै रहेको डिभिजन प्रमुख पोखरेलले बताए ।बीटी इलाइट बीपी एड्भेन्चर जेभी कन्स्ट्रक्सन कम्पनीले पुल निर्माण गरेको थियो । पुलको भारवहन क्षमता भने यकिन नभएको पोखरेलले बताए । ‘७० टनसम्म क्षमता भएको पुलमा डेढसय टनसम्मका गाडी गुड्दा त्यसको आयु त घट्छ नै ।’ उनले भने ।यो पुल हुँदै दैनिक ६ हजार सवारीसाधन गुड्ने अभिखेल कार्यालयको छ । हाईड्रो देखि लिएर विकास निर्माणका लागि आवश्यक सबै निर्माण सामाग्रीहरु बोक्ने हेभी गाडीहरु पनि दैनिक सयौँको संख्यामा गुड्ने गरेका थिए ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology