ढोरपाटन दैनिकका कार्यकारी सम्पादक बोहोरा र एन टिभिका आचार्यलाई पत्रकारिता पुरस्कार

बागलुङ ,२५ असार – नेपाल पत्रकार महासंघ बागलुले दिने नन्दहरि सिर्जनशिल पत्रकारिता पुरस्कारबाट ढोरपाटन दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहरा पुरस्कृत भएका छन् । बुधवार आयोजित एक कार्यक्रममा बोहोरालाई २०७५ सालको पुरस्कार प्रदान गरिएको हो । उक्त अवसरमा २०७४ सालको पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका किरण आचार्यलाई दिइयो । महासंघको बागलुङ शाखाको १९ औं स्थापना दिवशको अवसर पारेर बुधवार पुरस्कार दिइएको हो । बागलुङका पूर्व अध्यक्ष तथा ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमले आफ्नी माता नन्दकली र पिता हरिलालको स्मृतिमा स्थापना गरेको यो पुरस्कार जनही १५ हजार रुपैया“ दिने गरिन्छ । २०६६ सालमा २ लाख रुपैया“को अक्षयकोष मार्फत स्थापना भएपछि हरेक बर्ष जेष्ठता, क्रियाशिलता र निरन्तरताको आधारमा पत्रकारिता गर्नेलाई दिने गरिएको महासंघका अध्यक्ष दिल शिरिषले बताए । प्रतिनिधि सभाका सांसद देवेन्द्र पौडेलले दुवै पत्रकारलाई पुरस्कार राशी हस्तान्तरण गरे । नेपालको सशष्त्र द्वन्द्वको समय देखि मोफसलमा बसेर बोहोराले निरन्तर पत्रकारिता गर्दै आएका छन् । उनी खोज पत्रकारितामा बिशेष रुची राख्ने पत्रकार समेत हुन् । लामो समय रिर्पोटीङमा देखिने बोहोरा अहिले सम्पादन कक्षमा क्रियाशिल छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology