पोखरामा हेरिटेज अफ फेसन सो हुँदै

पोखरा, २६ असार –  आउँदो साउनको १८ गते पोखरामा हेरिटेज अफ फेसन नेपाल नाम दिइएको फेसन सो हुने भएको छ ।
एएसएपी इण्टरटेन्टमेण्ट आयोजक रहेको यो फेसन सोमा नेपालको सांस्कृतिक सम्पदा तथा पहिरन झल्काउने पहिरनकासाथ मोडलहरु ¥याम्पमा उत्रनेछन् । उनीहरुले नेपालका जातजातिले लगाउँदै आएका मौलिक पोशाकहरु प्रर्दशन गर्ने बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका प्रबन्ध निर्देशक सन्तोष अधिकारीले जानकारी दिए ।
उनका अनुसार डिजाइनर देविना भट्टराईको ‘बुद्ध वाज बर्न इन नेपाल’ जानकी कडायतको ‘निर्माण ः कन्ट्रक्सन अफ हेरिटेज’,तेजु मगरको नेपाल सौन्दर्य र सुपी रसाइलीको दरबार गरी ४ सिक्वेन्समा फेसन सो आयोजना हुँदैछ । २१ जना युवती र ६ जना मोडलले थिममा आधारित डिजाइन पहिरनसहित क्याटवाक गर्नेछन् । पोखराको होटल ग्राण्डमा आयोजना हुने यो फेसन सोमा सो स्टपरको रुपमा मोडल तथा कोरियोग्राफर प्रशान्त ताम्राकार, कर्पोरेट क्विन २०१९ विजेता सितल थापा,गायिका मिलन नेवार र प्राप्ति तुलाचनले पनि आफ्नो प्रस्तुति दिनेछन् । यसैगरी बुद्ध वाज बर्न इन नेपाल अभियान संचालन गरेका धिरज राईको विशेष प्रस्तुति पनि फेसन सोमा रहनेछ । यही थिममा चालु अंग्रेजी वर्षको सेप्टेम्बरमा अष्टे«लियामा पनि फेसन सो गरिने प्रबन्ध निर्देशक अधिकारीले बताए । अधिकारी घर नामकक फिल्मका निर्मातासमेत हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology