`

रातमा फोहर फाल्नेबाट १ लाख २१ हजार राजश्व

पोखरा,२६ असार –  पोखरा महानगरपालिका वडा नं. ९ को न्युरोडमा रात्रीकालीन फोहरमैला अनुगमन गरेको वर्ष दिनको अवसरमा मंगलबार सडक मै वार्षिकोत्सव मनाएको छ। कार्यक्रममा प्रदेश सांसद विन्दुकुमार थापाले स्थानिय वासिन्दाको रात्रीको समयमा अनुगमन गर्दै सावैजनिक स्थानमा फोहरमैला फ्याक्नेलाई कड भन्दाकडा कारवाही गर्नुपर्ने बताए ।
त्यसै गरी वडा नं. ९ का सचिव रामराज लामिछानेले रात्रीकालीन समयमा फोहरमैलाको अनुगमनले शहर सफा भएको बताउँदै जनतामा चेतना पनि सम्प्रेषण भएको दावी गरे । उनले अनुगमन टोलीले एक वर्ष भरी उठाउदै लाखौं रुपैया महानगरपालिकाको राजस्वमा जम्मा गरिएको तर कुनै तलब भत्ता नलिई निस्वार्थ रुपमा रातको ११ वजेसम्म अनुगमन गर्नेको कुनै सम्मान हुन नसकेको गुनासे गरे । उनले एक वर्षमा ६२ जना बाट १ लाख २१ हजार भन्दा बढी राजस्व संकलन गरी महानगरपालिकालाई बुझाएको पनि जानकारी दिए । मंगलबार पोखरा न्युरोडको सडक पेटीमा रात्रीकालिन अनुगमनका तस्विरहरु, जरिवाना गरिएको रसिदको मिति, नम्बर र रकम सहितको व्यानर टाँसेर गरिएको कार्यक्रममा रात्रीकालिन फोहरमैला अनुगमनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने ५० जना भन्दा वढिलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।पोखरा ९ नयाँसडक टोल सुधार समितिकी अध्यक्ष नन्दकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रेडियो गोर्खालीकी स्टेशन म्यानेजर खिमा गुरुङले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology