गण्डकी प्रदेशका मुख्यमन्त्री र चिनिया प्राध्यापकहरुको टोलीवीच भेटवार्ता

पोखरा,१ साउन – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले मंगलबार चिनिया प्रँध्यापकहरुको टोलीसंग भेटघाट गरेका छन । हेवई विश्वविद्यालयका नेपाल हेर्ने विभागका निर्देशक प्राध्यापक झाङ्ग सु विन र युनान विश्वविद्यालयका प्राध्यापक डा. युवान क्वान नेतृत्वको प्राध्यापकहरुको समुहले मुख्यमन्त्री गुरुङस छलफल गरेका हुन । मुख्यमन्त्रीको कार्यलायमा भएको भेटघाट मुख्यमन्त्री गुरुङले टोलीलाई गण्डकी प्रदेशको अवास्था र प्रदेशले लिएको कार्यदिशाको बारेमा जानकारी गराएका थिए । उनले मुस्ताङको कोरला नाका सञ्चालनमा ल्याउन आवश्यक रहेको बताउँदै यसले दुबै देश लाभदायक हुने समेत बताएका थिए । मुख्यमन्त्री गुरुङले पर्यटन र खेलकुदको क्षेत्रमा लागानी गरिदिन सो टोलीलाई आग्रह गरेका थिए । जवाफमा चिनिया टोलीले आफ्नो लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको तर त्यसका लागि अनकुलता आवश्यक रहेको बताएका थिए । गण्डकी प्रदेशमा अनुकुल बताबरण बनाउन आफु तयार रहेको मुख्यमन्त्री गुरुङलाई आश्वसन दिए । चिनिया टोलीले होङ्गसी सिमेन्टले भोगिरहेको समास्याको विषयमा समेत मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको थियो । मुख्यमन्त्री गुरुङले यसबारे आफु अवगत रहेको र प्रदेश ५ सँग अहिले समास्या सम्बन्धित रहेको जानकारी गराएका थिए । होङ्गसी सिमेण्टले अहिले प्रदेश ५ को पाल्पाबाट कच्चा पदार्थ ढुवानी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology