लागुऔषध र पेन गन सहित सागर पक्राउ

पोखरा,१ साउन – जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध र पेन गन सहित सागर रानाभाटलाई पक्राऊ गरेको छ । पोखरा-२४ कास्कीकोट स्थायी घर भई हाल पोखरा-७ मासबार बस्दै आएका २४ बर्षीय रानाभाटलाई बुधवार प्रहरीले पत्रकार भेटघाट कार्यक्रम गरि सार्वजनिक गरेको हो।
उनलाई एक थान पेन गन, सात थान गोली र लागुऔषधसहित लागुऔषधसहित गोप्य सुचनाको आधारमा हालै पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।रानाभाटले लागूऔषध सेवन, ओसारपसार र विक्री वितरण तथा हतियारसमेत बोकी हिड्ने गरेको भन्ने सुचनाका आधारमा उनको कोठामा तलाशी लिई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कक्षा १२ मा अध्ययन गर्ने रानाभाटबाट प्रहरीले ६० थान फेनारगन, ६० थान ब्रुप्रिनर्फिन, ६० थान डाईजापाम, १५ चक्की नाईट्रोसन , १० थान पासपोर्ट तथा ७ थान नागरिकता बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology