हेमजामा हरियो गाँजा नष्ट

हेमजा,२८ साउन – सामुदायीक प्रहरी सेवा एवं सामुदायीक सेवा केन्द्र हेमजाको आयोजनामा पोखरा महानगरपालिका वडा न. २५ हेमजामा मगंलबार ४ क्युन्टल गाँजा नष्ट गरिएको छ ।
वडा न. २५ का वडा अध्यक्ष शोभाखर तिमिल्सिनाको  उपस्थितिमा पोखरा महानगरपालिका वडा न. २५ हेमजाको कालिकाचोक वरिपरि रहेको हरियो गाँजा फडानि गरिएको हो । गाजाँ फडानी गर्न हेमजामा रहेका आमा समुह, महिला सञ्जाल, समितिका पदाधिकारी लगाएत स्थानिय बासिको उपस्थिती रहेको थियो । फडानी गरिएको गाँजा सकंलन गरि कालिकाचोकमा ल्याइ गाडीले पेलेर नष्ट गरिएको हो् ।

लागु औषध निउनिकरणको लागि गाँजा फडानी गरिएको सेवा केन्द्र हेमजाका अध्यक्ष बिष्णु बाँस्तोलाले बताइन । स्वच्छ समाज निर्माणको लागी सेवा केन्द्रले यस्ता काम गर्दै आएको र यसलाइ निरन्तरता दिने उनको भनाइ छ । समाजमा बिभिन्न घटना घटेको र आगामि दिनमा घटना घट्न नदिनको लागि लागु औषध निउनिकरण गर्न आवसेक भएको सेवा केन्द्र हेमजाका अध्यक्ष बाँस्तोलाले जनाइन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology