`

प्राङ्गारिक र व्यावसायिक कृषिको लागि सम्झौता

पोखरा,२७ साउन – गण्डकी प्रदेशमा प्राङ्गारिक र व्यावसायिक कृषि मार्फत आर्थिक समृद्धि हासिल गर्ने उदेश्य सहित सोमबार सहमति पत्रमा सोमबार हस्ताक्षर भएको छ । आधुनिक प्रविधि र पुर्ण प्राङ्गारिक खेतिको क्षेत्रमा काम गर्दै आएको ग्लोबल क्यापिटल इन्भेस्टमेन्ट कम्पनी र भुमी ब्यबस्था ,कृषि तथा सहकारी मन्त्रालयबीच सहमति पत्रमा हस्ताक्षर गरिएको हो । भुमी ब्यबस्था ,कृषि तथा सहकारी मन्त्रालयमा एक कार्यक्रमकाबीच उक्त सहमति पत्रमा मन्त्रालय र कम्पनीका प्रतिनिधिले हस्तान्तरण गरेका थिए ।
गण्डकी प्रदेशका किसानले उत्पादन गर्ने प्रांगारिक उत्पादनको बजार ग्यारेण्टी प्रदेश सरकारले गर्ने भएको छ । सम्झौता अनुसार प्रदेशका किसानहरुले उत्पादन गर्ने प्रांगरिक कृषि समाग्री देश तथा विदेशमा खपत गर्ने जिम्मेवारी ग्लोबल क्यापिटलको हुनेछ । साथै कृषि सम्वन्धी नया विधि तथा प्रविधिका विषयमा ग्लोबल क्यापिटलले सहयोग गर्नेछ । यसको समन्वय मन्त्रालयले गर्नेछ । भुमि व्यवास्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा मगरले सम्झौताले किसानको उत्पादन विक्री नहुने समस्या अब नरहने बताए । उनले ग्लोबल क्यापिटलसंग थप छलफल गरी विस्तृत कार्ययोजना नै बनाएर अगाडि बढ्ने जानकारी गराउदै सम्झौता प्रांगारिक बजार प्रसोधन र प्रर्वद्धनमा महत्वपुर्ण कदम बनाएको बताए । कृषिमा रसायानिक बस्तुको प्रयोेगलाई निरुत्साहित गर्दै प्रांगारिक उत्पादन बढाउने प्रदेश सरकारको निति अनुसार नै सम्झौता भएको समेत उनले प्रष्ट्याए । ग्लोबल क्यापिटलको तर्फबाट अध्यक्ष देब मान हिराचनले प्रांगरिक उत्पादनको माग आज धेरै देशबाट भैरहेको भन्दै प्रदेशको उत्पादनको बजारमा पु¥याउन चाहिरहेको बताए । उनले मिलेर अगाडि बढेमा मात्र यो सम्झौताको औचित्य पुष्टि हुने भन्दै कृषिमा नया प्रविधि प्रदेशका किसानलाई सिकाउन समेत आफुहरु तयार रहेको बताए । देशमा एक सय ५० बर्षदेखि एकै तारिकाको विधिमा कृषि निर्भर रहेकोले यसलाई सवै मिलेर परिवर्तन गर्नुपर्ने हिराचनको भनाई छ । कृषि मन्त्रालयले गरेको यो छैठौ एमऔयु सम्झौता हो । यसअघि चिनिया कम्पनी, कृषि विकास वैंक प्रदेश कार्यलाय, कृषि बन विज्ञान क्याम्पस रामपुर, लिवर्ड र नापी विभागसंग विभिन्न क्षेत्रमा सहकार्य गर्ने गरि एमओयू सम्झौता मन्त्रालयले गरिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology