`

कर्मचारीले बदलिदो परिस्थिति अनुसार काम गर्न सक्नुपर्छ– मुख्यमन्त्री गुरुङ

पोखरा, २२ भदौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निजामति कर्मचारीहरुले बदलिदो परिस्थिति अनुसार काम गर्न सक्नुपर्ने बताएका छन । निजामति सेवा दिवसको अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यलायले आयोजना गरेको कार्यक्रममा आइतबार बोल्दै मुख्यमन्त्री गुरुङले विगतको जस्तो परम्परागत सेवा प्रवाहले जनताका आकांक्षा पुरा गर्न नसकिने स्पष्ट पारे । देश संघीयतामा गएर प्रदेश र स्थानीय तहको संरचनामा पुगे पनि कर्मचारीको कार्यशैली सोही भावमा परिवर्तन हुन नसकेको मुख्यमन्त्रीको संकेत थियो । संघ सरकारले कर्मचारीलाई खटाउदा जिम्मेवारीवोध गराउन नसक्नु गल्ती भएको उनले बताए । ‘हामीले केन्द्रिकृत व्यवास्थालाई संघीयतामा कायम ग¥यो, तर प्रदेशमा खटाएका कर्मचारीलाई एक दिन पनि यसबारेमा तालिम दिएनौ, यसले पनि कर्मचारीले दिने सेवा केही असर पक्कै परेको छ’ उनले थपे । प्रदेश लोक सेवा विधियक पारित भैसकेकोले अब आफ्नो मातहतको कर्मचारी, यसको सेवा सुविधा र कामको संरचनामा केही नयांपन आउन संकेत पनि मुख्यमन्त्री गुरुङले गरे । गण्डकी प्रदेशले यसअघि नै स्टाफ कलेजसंगको सहकार्यमा प्रदेशको कर्मचारी संरचना हेरफेरको तयारी गर्दैछ । राज्यको निति, योजना र कानुनको सफल कार्यन्वयन गराउन राजनितिक नेतृत्वसंगै कर्मचारीको महत्वपुर्ण भुमिका हुने मुख्यमन्त्रीले बताए । कार्यक्रममा प्रदेश सभामुख नेत्रनाथ अधिकारीले संविधानको मर्म र भावाना अनुकुल कर्मचारीले सेवा दिन सक्नुपर्ने बताए । संविधानले जनतालाई सवैभन्दा उच्च पदमा राखेकाले कर्मचारीको जनताप्रतिको सेवा प्रवाह सोही अनुसार हुनुपर्ने बताए । प्रदेश प्रमुख सचिव हरि प्रसाद बस्यालले राजनितिक नेतृत्वले गर्ने निर्णयको कार्यन्वयन गर्ने महत्वपुर्ण निकाय निजामति क्षेत्र भएकोले सोही अनुसार आफ्नो जिम्मेवारी निभाउन निर्देशन दिए । कार्यक्रममा विभिन्न ट्रेड युनियनका नेताहरुले हालको निजामति सेवा विधियकले निजामति कर्मचारीका अधिकारहरु धेरै कटौती गरिएको भन्दै यसमा संसोधन गर्न माग गरेका थिए । २०१३ सालमा निजामति जंगी ऐन देशमा लागु भएको दिन भदौ २२ गते नेपालमा निजामति दिवस मनाउदै आएको छ । यस बर्ष पनि सक्षम निजामति प्रशासन, विकास समृद्धि र सुशासन भन्ने नारा सहित यो दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology