`

काम गर्छौ ,कथा हालेर बस्दैनौ : मुख्यमन्त्री गुरुङ

पोखरा,२९ भदौ –  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार अब कथा सुनाएर मात्रै नबस्ने बताएका छन । ‘अनेकौँ समस्या छन् भनिरह्यौँ ,अब यस्ता कथा हालेर हामी बस्दैनौँ ,कर्मचारी आएन ,संघ सरकारले दिएन भनेर कथा पनि हाल्दैनाँै’, उनले भने,‘हामी ,हामी आफै पनि कर्मचारी भर्ना गर्छौँ ।’, १५ महिनाको अवधीमा धेरै काम भएको र हुने बिरुवाको चिल्लो पात भने जस्तै प्रदेश सरकारलले थुप्रै काम गरेको पनि उनले दावी गरे । उनी शनिबार पोखरामा पोखरा कृषि शीत भण्डारको उद्घघाटन कार्यक्रममा बोल्दै थिए । ।
संघ सरकारको दिने १०÷१२ प्रतिशत विकास बजेटले मुलुकको विकास असम्भव भएको भन्दै मुख्यमन्त्री गुरुङले कम्तिमा ३० प्रतिशत बजेट दिएमा आश्चर्यजनक विकास गरेर देखाउने बताए । मुख्यमन्त्री गुरुङले गरिबीको अन्त्य गर्नु प्रदेश सरकारको प्रमुख लक्ष्य भएकोले रोजगार र स्वरोजगारको अवसर सिर्जना गर्ने बताए । गरिबी अन्त्यका लागि कृषि महत्वपूर्ण आधार भएको उनको भनाई थियो । जमिनको अधिकतम उपयोग गर्दै ब्याबसायिक कृषिकोलागि कृषकलाई प्रोत्साहन गर्ने गरी सरकारले कार्यक्रम ल्याउने मुख्यमन्त्री गुरुङको भनाई छ । १० वर्षमा गरिबीको रेखामुनि रहेका नागरिकको संख्यालाई शुन्यमा झार्ने सरकारको योजना सुनाउँदै उक्त लक्ष्य प्राप्तिको लागि कृषिको आधुनिकीकरण र यान्त्रिकरण जरुरी रहेको गुरुङले बताए । कृषिको आधुनिकीकरणको लागि दक्ष जनशक्तिको आवश्यकता रहेकोले प्रदेश सरकारले गण्डकी टेक्निकल कलेज खोल्ने लागेको उनले दोहो¥याए । सामूहिक खेती र जग्गा चक्लाबन्दी गरेर उत्पादन बढाउनको लागि सरकारले प्रोत्साहन गर्ने मुख्यमन्त्री गुरुङले बताए ।
कार्यक्रममा बोल्दै भूमि व्यबस्था,कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले कृषिको उत्पादन ,सुरक्षा र बजारीकरणको लागि प्रदेश सरकारले योजनाबद्ध रुपमा काम गर्ने बताए । प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाएर निर्यात गर्ने गरि मन्त्रालयले काम गरिरहेको उनले बताए । कृषकको लागि भन्डारण र बजार मूल्य महत्वपूर्ण भएकोले विभिन्न स्थानमा शीत भण्डारण निर्माण गर्ने मन्त्री थापाले बताए । समृद्धिको मुख्य आधार नै कृषि भएकोले गण्डकी प्रदेश सरकारले आवश्यकता नीति नियम बनाएर अघि बढ्ने मन्त्री थापाको भनाइ थियो । बिचौलियाको कारण कृषकले उत्पादन मूल्य नपाउने अवस्थाको अन्त्य गर्ने गरि मन्त्रालयले काम गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology