`

बेलढुंगा म्याराथुनको उपाधि गल्कोटका सुवासलाई

बागलुङ, २२ असोज जिल्लाको काठेखोला गाउँपालिका ३ धम्जामा आयोजना गरिएको बेलढुंगा म्याराथुन प्रतियोगिताको उपाधि गलकोट तोरिखोलाका सुवास सुनारले जितेका छन् । जनज्योति सामुदायिक विकास केन्द्रले आयोजना गरेको ऐतिहासिक कालरात्री मेलाका अवसरमा सञ्चालित प्रतियोगिताको उपाधि सुनारले जितेका हुन् । धम्जाको बेलढुंगा होम स्टे गाउँदेखि बेलढुंगाको शिरसम्मको निर्धारित ३६ सय मिटरको दुरी सुवासले २८ मिनेटमा पार गरेका थिए ।
बागलुङ र म्याग्दीका २७ युवाको सहभागिता रहेको प्रतियोगितामा धम्जाका सुजन थापा द्वितिय र दिनेश थापाले तृतिय स्थान हासिल गरेको बेलढुंगा होम स्टेका सचिव गोपाल श्रीसले बताए । उपाधि बिजेता पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद ६ हजार, ४ हजार र २ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । ओखलेमा गत बर्षदेखि सञ्चालनमा आएको होम स्टे र पर्यटकीय क्षेत्र बेलढुंगाको प्रचार प्रसार र प्रवद्र्धन गर्ने उदेश्यले बेलढुंगा म्याराथुन आयोजना गरिएको सचिव श्रीसले वताए ।  बेलढुंगा बागलुङको काठेखोला ३ ओखले र म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीको सिमानामा अवस्थित छ । यस क्षेत्रको दुवै जिल्लाका स्थानीय तह र वडाले प्रर्वद्धन गर्ने गरि पुर्वाधार र प्रचार प्रसारका काम भइरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology