`

संघिय सांसद मनकुमारी जिसी मानव सेवा आश्रममा

बागलुङ, २२ असोज – संघिय संसदका सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य मनकुमारी जिसीले आफ्नो दशैं मानव सेवा आश्रममा मनाएकी छिन । बागलुङ सदरमुकाममा रहेको आश्रममा पुगी उनीहरुसंगै दशै मनाएको सांसद जिसीले वताईन । दिन दुःखीका साथमा दशैं मनाउन पाउदाँ मन आनान्ददित भएको जिसीको भनाई छ । यसले मेरो मनलाई सन्तोष दिएको छ, जिसीले भनिन, उनीहरुलाई थोरै भएपनि सहयोग गर्न पाउदा खुशी लागेको छ । जीवन सधै एकनासमा खुशी हुँदैन र दुखै दुःखको सागर पनि होईन । जीवनलाई जसरी सोचिन्छ त्यहि अनुसार सरल रेखामा अगाडि बढ्छ । जीव्नप्रतिको उनको बुझाई यस्तो छ, जीवन देखेजति सजिलो छैन र भोगे जति कष्टकर पनि छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology