`

निर्मलको हिमाल आरोहरणले विश्वका पर्वतारोही चकित

  • ७ महिनामा विश्वका १४ हिमालको आरोहण
  • म्याग्दी, १२ कात्तिक – म्याग्दीका निर्मल पुर्जाले ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गरेका छन् ।
    सोमबार (हिजो) चीनको तिब्वतमा अवस्थित शिशापङ्मा हिमालको चुचुरोमा पुगेसँगै पुर्जा सातमहिनामा विश्वका सबै ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने पहिलो पर्वतारोही हुन सफल भएका हुन् ।
    सोमवार विश्वकै चौथौ अग्लो शिशापङ् (८०२७ मि) हिमाल आरोहण गर्नुभएको हो । चिनियाँ सरकारले सन् २०१९ सम्मलाई सिसापाङ्मा हिमाल आरोहण रोकेपनि विश्व रेकर्डका लागि गरिएको अनुरोधलाई स्वीकार गदैं विषेश अनुमति दिएको थियो ।
    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका पूर्जाले गत बैशाख १० गते अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट आरोहण सुरू गरेका थिए ।
    त्यस लगत्तै म्याग्दीमै रहेको सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) आरोहण गरेपछि थप हिमाल आरोहणमा निस्कएका पुर्जाका आफन्त रेमन पुर्जाले जानकारी दिए ।
    पुर्जाले धौलागिरी हिमालमा विना अक्सिजन आरोहण गरेका जनाइएको छ । उनले विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से,मकालु,च्होयो, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रोको आरोहण गरेका हुन् । आरोहण गरेका १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछन् । त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्दछन् । हालसम्म विश्वमा कुनैपनि आरोहीले छोटो समयमा दुई दर्जन हिमालको आरोहण गरेको विश्वमा नै रेकर्ड नभएको बताइएको छ ।
    मासिक १४ लाखसम्म नेपाली तलब हुने जागिर छोडेर आरोहणमा होमिएका म्याग्दी अन्नपूर्ण गाउँपालिका–४ दानाका पूर्जाको प्रोजेक्ट पोसीबल’ परियोजना नाम दिइएको थियो । आरोहणको क्रममा विभिन्न हिमालमा अलपत्र परेका आरोहीलाई उद्धार गरेर संसारभरी चर्चा कमाउन सफल भएका छन् ।
    आरोहणमा पूर्जालाई मिग्मा डेभिड शेर्पा, लाक्पा शेर्पा, तेन्जिङ शेर्पा लगाएत शेर्पाको टोलीले सघाइरहेको छ । ३५ वर्षीय निर्मल ‘स्पेशल फोर्स’मा छानिने पहिलो गोर्खाली थिए ।
    मार्च २०१९ मा व्रिटिस आर्मीको जागिर छाडेर हिमाल आरोहण अभियान थालेका पूर्जाले आफ्नै जन्म जिल्लामा रहेको ८ हजार मिटर अग्लो धौलागिरी र अन्नपूर्ण आरोहण गर्ने पहिलो म्याग्देलीको उपाधी समेत जितेका थिए ।
    यस्तो छ पूर्जाको इतिहाँस
    म्याग्दीको एउटा दुर्गम गाउँका युवा बेलायती सेनामा मासिक १५ लाखको जागिर छोडेर हिमाल आरोहणमा कीर्तिमानी कायम गर्ने उद्धेश्यका साथ हिमाल आरोहणको यात्रामा निस्केका थिए ।
    बेलायती सेनाको ‘स्पेसल फोर्स को मासिक रु १५ लाख तलब छोडेर हिमाल आरोहणमा निस्केका पुर्जाले तीन महिना भित्र ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटा हिमालमध्ये ११ ओटा हिमालको सफल आरोहण गरेका थिए ।
    एकै सिजनमा नेपालका ६ वटा हिमाल ३१ दिनमा आरोहण गरेको विश्व कीर्तिमान उनको नाममा भैसकेको थियो । ‘फास्टेस्ट समिट अफ दी टप थ्री माउन्टेन’ (सगरमाथा, केटु र कञ्चनजंगा)को कीर्तिमान पुर्जाले कायम गरिसकेका थिए ् ।यसै गरी ‘फास्टेस्ट समिट अफ दी टप फाइभ माउन्टेन’ (सगरमाथा, केटु, कञ्चनजंगा, लोत्से र मकालु) आरोहणको कीर्तिमान पनि उनैले कायम गरेका छन् ।
    पुर्जाले शुरुका तीन महिनामा अन्नपूर्ण, कञ्चनजंगा, धौलागिरि, सगरमाथा, लोत्से, मकालु, नाग्गा पर्वत, जी वान, जी टु, के टु, ब्रोड पिज जस्ता ११ वटा हिमाल आरोहण गरिसकेका छन् ।
    सगरमाथा, लोत्से र मकालु आरोहणमा विगतको ५ दिन ३ घन्टा ३५ मिनेटको पुरानो रेकर्र्ड तोड्दै ४८ घन्टा ३० मिनेटमा यी हिमाल आरोहण गरेपछि आफ्नो नाममा नयाँ विश्व कीर्तिमान कायम भएको पुर्जाले जानकारी दिए ।
    पाकिस्तानमा रहेका ८ हजार मिटर उचाइमाथिका पाँचवटा हिमाल २३ दिनमा आरोहण गरेर उनले अर्को कीर्तिमानी कायम गरेका छन् । निकै छोटो अवधिमा यस्तो रेकर्ड राखेपछि पर्वतारोहणसँग आबद्ध पाकिस्तानको अल्पाइन क्लबले पुर्जालाई विशेष सम्मान गरिसकेको छ ।
    बेलायती सेनामा हिम चितुवाको नामले चिनिने निर्मल पूर्जाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर संसारकै दशौं अग्लो अन्नपूर्णबाट अभियानको सुरुवात गरेका थिए । आफ्नै जन्मभूमीमा रहेका विश्वमै अग्ला मानिएका हिम चुचुरोबाट आरोहण सुरु गरेका पूर्जा म्याग्दीमै जन्मिएर धौलागिरी र अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो म्याग्देली समेत घोषित भएका छन् ।
    उनले म्याग्दीको अन्नपूर्ण र धौलागिरीको आरोहण गरेपछि मात्रै विश्वकै अग्लो सगरमाथा, कञ्चनजंगा, ल्होत्से, मकालु,नांगा पहाड, गशेरब्रुम, गशेरब्रुम दोस्रोको आरोहण गरेका छन् ।
    अतिरिक्त अक्सिजन विना नै हिमाल ओरोहण
    अग्लो हिमालमा हिउँका खुड्किला नाघ्दै उकालो चढ्दा पूर्जाले अतिरिक्त अक्सिजन विनै धौलागिरी हिमालको आरोहणका साथै सगरमाथाको चुचुरोमा आरोहीको ताँतीको तस्वीर खिचेर चर्चामा आएका छन् । आरोहणको क्रममा सगरमाथाको चुचुरोमा ट्राफिक जाम भएको तस्वीरले विश्वका प्रतिष्ठित मिडियामा समेत महंगोमा विक्री भएको थियो ।
    को हुन् पूर्जा ?
    उत्तरी म्याग्दीको दानामा जन्मिएका पूर्जा सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभुत तालिमको ज्ञान प्राप्त गरेका थिए । कर्पोरल निर्मल बेसिक टे«निङमा च्याम्पियन रिकु्रटको उपाधी लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका थिए ।
    क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ्ग एण्ड डेकोरेशन टे«डमा कार्यरत थिए । क्विन्स गोर्खा कार्यरत रहँदा ब्रिटिश आर्मीको कमाण्डो समेत गरेका थिए । उनले बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा कार्यरत पुर्जाले ब्रिटिश सेनाको रोजाईमा रहेका विश्वका धेरै हिमालको आरोहण गरिसकेका छन ।
    अग्ला हिमाललाई आफ्नो घरको धुरीजस्तै सम्झिने पूर्जाले सबैभन्दा छिटो १० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरी विश्व किर्तिमान राखिसकेका पूर्जाले अंग्रेजी बर्ष २०१७ मे २७ तारिखमा ५ दिनमा ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर ३ वटा विधामा गिनिज बुकमा वल्र्ड रेकर्ड राख्न सफल भइसकेका छन् ।
    गोर्खा एक्सीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए । सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए । उनले हरेक आरोहणमा आरोहीको उद्धार तथा मृत अवस्थामा भेटिएका शवलाई समेत ब्यवस्थापनमा सघाउने गरेका छन् ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology