`

ब्यङ्ग्य कविता: दुष्ट छिमेकी !

दुष्ट पर्याे छिमेकी याे गर्छ अतिसार
दुख दिन्छ सिमा सार्छ उसले बारम्बार ।
उसकै छ त त्यत्राे भूमि लुट्छ अझै पनि
निर्धाे देशको जग्गा बस्ति मेरै हाे याे भनि ।
नाकाबन्दी गर्दै राेक्छ ओखती र मुलाे
मानबताकाे अपराध गर्छ सबैभन्दा ठूलाे ।
बिपद पर्दा गर्छ उसले परे जस्तो पिर
उद्धारमा नि जासुस गर्न जान्छ हिमाल तिर ।
जबान लान्छ पानि तान्छ जङगलैनि खान्छ
सदियौँकाे हाम्रो भूमि उतै लुटि लान्छ ।
मान्छे लुटि नपुगेर लुट्छ देउता पनि
बुद्ध सिता जस्ता पनि उतै जन्म्या भनि  ।
न स्विकार्छ इतिहास नै न त कानुन मान्छ
लाज पचाउदै झुटाे बाेल्न बिश्व सामु जान्छ  ।
यस्ताे दुष्ट छेउमा भा नि न त कुनै बार छ
पिलर सार्छ जग्गा च्यापछ अाफै तिर पार्छ ।
धन्न रै छ सगरमाथा निकै धेरै माथि
छेउमै भए आउथ्याे हाेला पिलर सार्दै राति ।
सन्जिबनि अमृत बुटि लान्छ उसले त्यता
रड्डि सामान बिष हालेर पठाइ दिन्छ यता  ।
राम्रो कुरा सबै लान्छ यताबाट उता
मात्र दिन्छ हुर्काएर काम नलाउनि नेता ।
जस्ताे सुकै अपराधी हाेस दिन्छ उसले शरण
आफ्नाे गाेटि बनाउनलाइ गर्छ पाेषण भरण ।
मदारीले दाय जस्तै बाँदर पारि जालमा
तालिम दिइ नचाएकाे छ बाँदर अनेक तालमा ।
कहिँले फेर्छ नाच्नि बाँदर कहिले उसकाे ताल
छानि छानि फेर्छ बाँदर हानि महाजाल ।
गार्हाे पार्याे छिमेकीले न त मिल्छ फेर्न
लाैन आइजा ठूलै शक्ति हाम्राे पिंडा हेर्न ।।
(ब्यङ्ग्य कवि पन्त काेइली ब्यङ्ग्य काब्यका लेखक हुन)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology