`

प्याराग्लाईडिङ परीक्षणमै सिमीत

  • व्यवसायीक बनाउन पूर्वाधारकै समस्या
  • बागलुङ, ३ मंसिर– गत बर्षको हिउँदमा बागलुङका झण्डै आधा दर्जन स्थानमा प्याराग्लाईडिङको परीक्षण गरियो । बागलुङ नगरपालिकाको बलेवा र गल्कोट नगरपालिकाका बिभिन्न वडामा गरिएका परीक्षणहरु सफल पनि भए । परीक्षण सफल भनेर आयोजक हरुले दावी मात्रै गरेनन् प्याराग्लाईडिङ हाँक्ने पाईलटहरुलेनै सम्भावना रहेको औंल्याए । तर सफल भएका परीक्षणहरु व्यवसायीक रुपमा परिणत नभएर सम्झनामा मात्रै सिमीत छन् ।
    गल्कोट महोत्सवमा प्रदर्शन पनि हुने र सम्भावनाको खोजी पनि हुने भएकाले गत बर्ष कात्तिक महिनामा गल्कोट नगरपालिका–५ सर्दाखेतबाट प्याराग्लाईडिङ उडाएर हरीचौरमा झारियो । प्यारापाईलट दुर्योधन खड्काले त्यहाँ प्याराग्लाईडिङको परीक्षण सफल भएको बताए । व्यवसायीक हिसावले सञ्चालनमा ल्याउने हो भने त्यहाँ प्याराग्लाईडिङका लागि आवश्यक हावाको गति, भौगोलिक र वातावरणीय अवस्था ठिक रहेको बताएका थिए । तर व्यवसायीक सुरुवात होईन महोत्सव अवधिमा केही दिन सञ्चालन गर्ने भनिएको प्याराग्लाईडिङ समेत बिबिध कारण देखाएर सञ्चालनमा आएन् ।
    त्यसको केही समय पछि गल्कोट नगरपालिका–७ राम्चेढुंगाबाट परीक्षण गरियो । बाँसखोलामा ल्याण्डिङ गरेर सफल भएपनि त्यो पनि परीक्षणकै भरमा बस्यो । व्यवसायिक रुपमा उडान थाल्ने भनेर परीक्षण गरीएको राम्चेढुंगामा पर्यटकीय पूर्वाधार निर्माणको काम नभएर रोकिएको समेत बताइएको छ । प्याराग्लाईडिङका लागि धावन मार्ग बनाउनुपर्ने भएकाले तत्काल व्यवसायीक उडान हुन नसकेको राम्चेढुंगा पर्यटन विकास समितिका सदस्य थम्मन थापा बताउँछन् । ‘वडा कार्यालयकै अगुवाईमा परीक्षण भएको हो, अहिले वडालेनै पूर्वाधार निर्माणमा ध्यान दिएको छ’ थापाले भने ‘खर्चिलो हुँदो रहेछ, धेरै पर्यटक आउने सम्भावना नभएसम्म व्यवसायीक उठान अलि कठिन देखिन्छ ।’
    त्यस लगत्तै गल्कोट–२ नरेठाँटीमा पनि परीक्षण भयो । हटियामा अवतरण गरियो त्यहाँपनि परिक्षण सफल भयो । अहिले सम्म व्यवसायीक उडानको बिषयमा कसैले सोचेको छैन् । गतबर्षकै फागुन महिनामा प्रथम बलेवा महोत्सवमा प्याग्लाईडिङ बाटै पुष्पबृटि गरियो । बागलुङ नगरपालिका–१३ पैंयुपाटाबाट उडेको प्याराग्लाईडले बागलुङ नगरपालिका–१४ नारायणस्थानमा अवतरण ग¥यो । गल्कोटमा भएका परीक्षणहरुमा पाईलटहरु दुर्येधन खड्का र निरञ्जन कुँबर सहभागी थिए । बलेवामा भएको परीक्षणमा लेकभ्याली कम्पनी पोखराका ६ जना पाईलटहरु सहभागी थिए । परीक्षण भएका सबै स्थानहरुमा पाईलटहरुले प्याराग्लाईडिङ गर्न सकिने बताएका थिए । पूर्वाधार निर्माणमा ढीलाई र प्याराग्लाईडिङ गर्ने पर्यटकको अभावले व्यवसायिक उडान हुन सकेको छैन् ।

    बलेवा बिमानस्थलमा अवतरण गर्ने जहाजको हवाई मार्ग र ल्याण्डिङ गर्ने स्थानको अभावनमा व्यवसायीक हिसावले सुरुवात गर्न नसकिएको महोत्सव आयोजक समितिका संयोजक भरत पौडेल बताउँछन् । ‘उड्ने ठाउँसम्म बाटो पुगेको छैन्, झर्ने ठाउँमा खेतीपाति र हवाईजहाजको बाटो प¥यो’ पौडेलले भने ‘सम्भावना भएर पनि पूर्वाधारकै कारण यहाँ कुनै कम्पनीले चासो देखाएनन् ।’ पोखरामा अन्तराष्ट्रिय बिमानस्थल बन्ने भएपछि त्यहाँ सञ्चालनमा रहेको प्याराग्लाईडिङ अन्यत्र सार्ने भएकाले केही कम्पनी बागलुङ आउन सक्ने सम्भावना यहाँका व्यवसायीले देखेका थिए । ‘हामी सँग ठाउँ छ तर उपयोग गर्ने गरी कम्पनीहरुलाई दिने वातावरण बनिसकेको छैन्’ पौडेल भन्छन ‘अत्यावश्यक पूर्वाधार जस्तै बाटो, पानी, बास लगायतका कुरामा हामीले विकास गर्नुपर्ने छ ।’ गत बर्षका कयौं उदाहरणहरु हुँदा हुँदै यस बर्ष पौषमा सञ्चालन हुने बागलुङ महोत्सवमा व्यवसायिक रुपले उडान गर्नेगरी बागलुङ उद्योग बाणिज्य संघले तयारी थालेको छ ।
    बागलुङ नगरपालिका–६ पञ्चकोटबाट उडान गरेर बागलुङ बजारमा ल्याण्ड गर्नेगरी परीक्षण सफल भएर बाँकी प्रकृया अघि बढेको छ । ‘हामिले महोत्सवमा प्याराग्लाईडिङ उडाउनका लागि अध्ययन गरिरहेका छौं’ संघका महासचिव नरेश कँडेलले भने ‘महोत्सवमा मात्रै होईन अव यहाँ व्यवसायिक रुपलेनै प्यारा उड्छन् ।’ बागलुङमा पनि ल्याण्डीङको समस्या छ । उपयुक्त सार्वजनिक जमिन नभएको र निजी जमिन लिँदा महंगो पर्ने भएकाले समस्या रहेको कँडेलले बताए । ‘पोखराका दुई कम्पनीले इच्छा देखाएका छन्, हाम्रो साथीहरु शाखा लिएर भएपनि चलाउने सुरमा हुनुहुन्छ’ कँडेलले भने ‘नगरपालिकाले सार्वजनिक जग्गा उपलव्ध गरयो भने हामी व्यवसायिक वनाउँछौं ।’ नगरसँग जग्गा माग्ने र निजी जग्गा भाडामा लिने वा किन्ने भन्ने बिषयमा अध्ययन भैरहेको उनले बताए ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology