`

चर्चाको शिखर चुम्दै ‘जाले रुमाल’

पोखरा,३ मंसिर -लोकप्रिय गायब इश्वर सिंह, राजु कंडेलको नयाँ गीत बजारमा आएको छोटो समयमानै चर्चाको शिखरमा पुगेको छ। गायब इश्वर सिंह, राजु कंडेल र जुना श्रीस मगरको सुमधुर स्वरमा नयाँ गीत बजारमा आएको छ । गएको बिहिबार सार्वजनिक भएको लोक तथा दोहोरी गीत ‘जाले रुमाल’ दर्शकले निकै रुचाएका छन् । गीतमा शिब अखेलीको शब्द र इश्वर सिंहको संगीत रहेको छ।
बिनोद बाजुरालीको गीतमा संगीत संयोजन रहेको गीतको भिडियोलाई प्रकाश भट्टले कोरियोग्राफी र निर्देशन गरेका छन् । गीतको म्यूजिक भिडियोमा चर्चित मोडल दुर्गेश थापा र नम्रता सापकोटाको अभिनय रहेको छ । राजेश घिमिरेले छायांकन र बिष्णु शर्माले सम्पादनमा म्यूजिक भिडियो तयार भएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology