`

गलकोटको हटिया बजारमा सिसि क्यामेरा जडान

गलकोट,३ मंसिर – गलकोटको मुख्य बजार हटियामा सिसि टिभि जडान गरिएको छ । गलकोट नगरपालिका वडा नं ३ हटिया बजारको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै सिसि टिभि क्यामरा जडान गरिएको हो ।
गलकोट नगरपालिका वडा नं ३ को कार्यलय र उधोग बाणिज्य संघ गलकोटको पहलमा हटिया बजार क्षेत्रको जिप पार्क, लोकतन्त्र चोक, बि.एन.बि चोक, बिच बजार, वडा कार्यलय परिसर लगायतका क्षेत्रमा सिसि टिभि जडान गरिएको गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष विरजंग भण्डारीले जानकारी दिए ।
हटियाबजार क्षेत्रको सुरक्षाव्यवस्थालाई मजबुत बनाउनका लागि २ लाखको लागतमा अहिले ६ वटा सिसि टिभि जडान गरिसकिएको र केहि दिन पछि १० वटा सिसि टिभि जडान गरिने उधोग वाणिज्य संघ गलकोटका अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी दिए । गलकोटको मुख्य बजार हटिया व्यस्त बजार भएकोले पनि हटिया बजारको जिपपार्क क्षेत्रमा सवारी दुर्घटना समेत बढ्दै गईरहेको बेला हटिया बजारमा सिसि टिभि जडान गरिनु आफैमा सुखद विषय रहेको स्थानियको भनाई छ । पछिल्लो समय गलकोटमा रातको समयमा अपराधिक गतिविधि बढ्दै गईरहेको बेला यसलाई न्युनिकरण गर्न समेत सिसि टिभि जडान गरिसकेपछि सहज हुने प्रहरी चौकी हटियाका प्रमुख अनुप केसी क्षेत्रीले बताए ।
सिसि टिभि जडान गरिसकेपछि गलकोटको हटिया बजार क्षेत्रमा सवारी दुर्घटना न्युनिकरण गर्न, बजार क्षेत्रमा अपारधिक गतिविधि न्युनिकरण गर्न र सुरक्षा व्यवस्थालाई मजबुत बनाउन समेत सहयोग पुग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology