`

बुर्तिबाङबाट अध्यक्ष प्रचण्ड सहित बामनेताको गर्जन : राष्ट्रियताको निम्ति हामी जुनसुकै किसिमको पहल कदमी लिन तयार छौँ।’

  • ‘अहिले जसरी कालापानी क्षेत्र, लिपुलेक र लिम्पियाधुरासम्मको भूभाग सबै भारतको नयाँ नक्सामा देखाइएको छ। यो हामीलाई मान्य छैन।'
  • बुर्तिबाङ (बागलुङ), ७ मंसिर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले आफ्नो नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा जोगाउन जुनसुकै किसिमको पहल कदमी लिन तयार रहेको बताएका छन्। शनिबार बाग्लुङको बुर्तिबाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘मैले राष्ट्रियताको कुरा गरेँ। नेपालमा सीमा समस्या पुराना समस्याका रुपमा छन्। त्यसमध्ये पनि कालापानी र सुस्ताका समस्या अलि जटिल र गम्भीर प्रकृतिको थियो ।’, उनले थपे, ‘अहिले जसरी कालापानी क्षेत्र, लिपुलेक र लिम्पियाधुरासम्मको भूभाग सबै भारतको नयाँ नक्सामा देखाइएको छ। हामीले सुरुमै भन्यौँ। यो हामीलाई मान्य छैन। यसका निम्ति हामी जुनसुकै किमिसको पहल कदमी लिन तयार छौँ।’
    प्रचण्डले भारतले नयाँ नक्सा प्रकाशित गरे लगत्तै सरकारले पनि यही कुरा भनेको उल्लेख गरे। ‘सरकारले त्यही कुरा भनेको छ। सरकारले तत्कालै सर्वदलीय र सर्वपक्षीय बैठक डाकेर राष्ट्रिय वातावरण बनाएको छ’, प्रचण्डले भने, ‘पछिल्लो पटक मैले र प्रधानमन्त्रीले परराष्ट्र मन्त्रालयमार्फत् भारतलाई पठाएको पत्रको ड्राफ हेरेका छौँ। हामी राष्ट्रको निम्ति एकतावद्ध छौँ, जनता एकतावद्ध छन्। सबै राजनीतिक दल एकताबद्ध छन्।’
    प्रचण्डले धेरै अप्ठेरो परिस्थितिमा पनि जनताले साथ दिएको भन्दै अब पनि जनताको साथ निरन्तर रहने विश्वाससमेत व्यक्त गरे। प्रचण्डले सानो चित्तबाट पार्टी एकता नभएकाले पार्टीको निर्णयलाई कार्यान्वयन गर्न सभामा सहभागी सबैलाई आग्रह गरेका छन्। ‘सानो चित्तबाट नेकपा पार्टी एकता भएको होइन, राष्ट्रको बृहत्तर हितको निम्ति र जनताको तागत सिर्जना गर्न एकता गरिएको हो’, उनले भने, ‘यहाँको चुनावी वाम गठबन्धन पनि त्यही एकताको कडीको रुपमा लिएको छु।’ नेकपामा एक अध्यक्षले सरकार र अर्को अध्यक्षले पार्टीमा जोड दिने निर्णय भएकाले पार्टीभित्रका सबै ‘कन्फ्युजन’ साफ भएको उनको भनाइ छ।‘पार्टीका एक अध्यक्षले सरकारमा जोड दिने अर्कोले पार्टीमा जोड दिने निर्णय भइसकेको छ’, प्रचण्डले भने, ‘अब कहिकतै ‘कन्फ्युजन’ छैन बाटो साफ भएको छ।’
    प्रचण्डले जनमोर्चाका उम्मेदवारलाई मतदान गरेर जिताउन आग्रह गर्दै नियम नमान्नेले पार्टीको हित नगर्ने बताए। ‘अहिले नेकपा र जनमोर्चाको साझा उम्मेदवार हुनुहुन्छ। नेकपा भित्रका केही साथीले पार्टीको निर्णयको अवज्ञा गरेका छन्’, उनले भने, ‘नियम नमान्ने हो भने पार्टी भन्ने हुँदैन।’
    नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल अब विकासको गतिमा अगाडी बढिसकेको बताएका छन् ।
    दुई तिहाई बहुमतको सरकारले जनताका आवश्यतालाई आधार मान्दै गाउँदेखि शहरसम्म विकासको लहर आइसकेको प्रचण्डले दावी गरे । पार्टी एकतापछि कार्य विभाजन र आन्तरिक समस्यालाई पार लगाईसकिएकोले अबका दिनमा थप उचाइका साथ देशले मुहार फेर्ने छ । बागलुङ जिल्लाको विकास र समृद्धिमा आफुले थप कदम अगाडी बढाउने प्रचण्डले आश्वासन दिए । उत्तरगंगा जलविधुत आयोजना निर्माणमा केहि ढिलाई भइरहेको भन्दै प्रचण्डले तत्काल प्रधानमन्त्रीसँग छलफल गरी अगाडी बढाउने, अर्नाकोट एर्यरपोर्ट, सालझण्डी ढोरपाटन सडक निर्माण, मध्यपहाडी लोकमार्ग कालोपत्रे जस्ता महत्वपूर्ण विकासलाई तिव्रताका साथ अगाडी बढाईने प्रतिबद्धता जनाए ।
    संयुक्तसभामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निर्वाचनलाई सफल पार्न आफ्नो दल र नेकपासँग यस पटक पिन विभिन्न स्थानमा तालमेल गरेको बताउँदै तालमेलबाट साझा उमेद्वार खिमबिक्रम शाहिलाई विजयी गराउन दुई पार्टीका नेता कार्यकर्ता एक भएर लाग्न आग्रह गरे । एक आपसमा तालमेल गर्ने मात्रै ठूलो विषय नभएका भन्दै त्यसलाई कार्यान्वन गर्नु आवश्यक रहेको बताए । यस क्षेत्रमा दुई दलको सहयोग र सहकार्य मजबुद रहेको बताउँदैै भारतले नेपालमा जमाउन खोजेको कब्जा आफुहरुलाई सह्य हुदैन केसीले भने, देशको अस्तित्व बचाउन सबै नेपाली एकबद्ध भएर लाग्नुपर्दछ । नेकपा महासचिव विष्णु पौडेलले पश्चिम बागलुङका जनताको माग बागलुङ जिल्लालाई खण्ड बनाउनु पर्ने विषय आफुहरुलाई विगतदेखि जानकारी रहेको बताउँदै जनताको आवश्यकता र मागलाई आफुहरुले थप छलफल र बहसबाट अगाडी बढाउन सकिने बताए । दुई पार्टीको सहकार्यले यसक्षेत्रको निर्वाचन जित्न कुनै समस्या नरहेको बताउँदै वाम गठबन्धनलाई थप मजबुद बनाउन मिहिनेतका साथ निर्वाचनमा जुट्न कार्यकर्तासंग अपिल गरे । नेकपा स्थायी समितिका सदस्य एवं संघिय सांसद देवेन्द्र पौडेलले भौतिक पूर्वाधारविना विकास सम्भव नभएकाले यसक्षेत्रसंग जोडिएका विकास निर्माणका काम उच्च प्राथमिकताका साथ अघि बढ्ने वताए ।
    कार्यक्रममा साझा बामउमेद्वार खिम विक्रम शाहिले स्वर्गीय सांसद टेकबहादुर घर्तीको सपना पुरा गर्न आफू प्रतिबद्ध भएर लाग्ने बताए । त्यसैगरी नेकपा नेता शेरमान घर्तीले आफनो माग र यस क्षेत्रका जनताको साझा माग पश्चिम बागलुङलाई छुट्टै जिल्ला बनाउने भएका कारण त्यसको कार्यान्वनमा जान पार्टी नेताहरुलाई अपिल गरे । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेकपाका जिल्ला सचिव ज्ञामनाथ गैरेले र स्वागत ढोरपाटन नगरपालिकाका प्रमुख देव नेपालीले गरेका थिए ।
    विपक्षबाट अपमान भयो : सुनमाया घर्ति
    कार्यक्रममा प्रदेशसभाका सांसद स्वर्गिय टेकवहादुर घर्तिका जीवनसंगिनी सुनमाया घर्तिले मार्मिक भनाई राख्दै आफुलाई विपक्ष उम्मेदवारले अपमान गरेको वताईन । उपस्थित सवैलाई भाबब्हिल बनाउदै घर्तिले भनिन, मलाई नेपाली काँग्रेसका उम्मेदवारले अपमान गरे, मेरो सवैसंग आग्रह छ, पार्टीप्रति मेरो कुनै गुनासो छैन, गिलासमा मतदान गरेर खिमविक्रम शाहीलाई जिताउन अपिल गर्दछु । उनले थपिन, विपक्षी उम्मेदवार जित शेरचनले मलाई प्रचारमा नहिड्न आग्रह गरे । निश्क्रिय वस्न दवाव दिए, यो मप्रतिको अपमान हो ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology