`

कक्षा ९ मा अध्ययनरत श्रेष्ठले बनाए ब्याट्रिबाट चल्ने बाईक

बागलुङ, ९ मंसिर – चिल्ड्रेन लाईफ इङलिस बोर्डिङ स्कुल बागलुङमा अध्यनरत एक विद्यार्थीले ब्याट्रिबाट चल्ने मोटर साईकल (ईलेक्ट्रिक बाईक) बनाएका छन् । बागलुङ नगरपालिका २ अदालतरोड घर भएका गणेश श्रेष्ठले ४८ भोल्टको मोटर ब्याट्रिबाट चल्ने बाईक निमार्ण गरेका हुन । ईलेक्ट्रिक बाईकमा ४ वटा लिडएसिड ब्याट्रि, एउटा १२ भोल्टको बेट्रि, २० एम्पयरको एउटा ब्याट्रि, १ पिस कन्ट्रोलर, १ एक्सिलेटर र बाईकको पुरानो फ्रेम प्रयोग गरिएको छ ।
कक्षा ९ मा अध्ययनरत श्रेष्ठले युटुवको सहायता लिएर उक्त बाईक निर्माण गरेको बताए । गत साउनदेखि सुरु भएको बाईक निर्माण कार्य मंसिरमा सम्पन्न भई अभिभावकको उपस्थितीमा विद्यालयमा प्रदर्शनी गरिएको थियो । यसअघि श्रेष्ठले क्ल्याफ स्विच वल्भ, स्फिकर इन्भटर जस्ता ईलेक्ट्रिक सामान बनाएका थिए । बाईक निर्माणमा व्यक्तिगत ६० हजार लगानी भएको थियो भने विद्यालयले ब्याट्री सहयोग गरेको थियो । फुर्सदको समयमा नयाँ नयाँ खोज र अनुसन्धामा ध्यान दिने श्रेष्ठले भविष्यमा ईलेक्ट्रिक ईन्जिनियर बन्ने लक्ष्य लिएको बताए ।विद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठले विद्यालयका तर्फबाट केही प्राविधिक सामग्रीसहित निर्माण कार्यमा सहयोग गरिएको जानकारी दिए । ‘विद्यालयमा उनी पढाइमा मध्यम खालका विद्यार्थी हुन् तर प्रविधिमा उनको बढी रुची र लगाव छ’, उनले भने, ‘निरन्तरको लगावका कारण नेपालमै नयाँ खालको पेट्रोलबिनै चल्ने मोटर निर्माण गरेका छन्, अब हामी उनलाई थप प्राविधिक ज्ञान हासिल गर्न उपर्युक्त वातावरण र व्यवस्था गर्न पहल र सहयोग गर्नेछांै ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology