`

टेक बहादुरको रगतमाथि भोट माग्ने अधिकार कसैलाई छैन: पौडेल

बागलुङ, ९ मंसिर-संयुक्त बाम गठबन्धनको जनभेटघाट तथा घरदैलो अभियान निसीखोला, तमानखोला र ढोरपाटन नगरपालिका बिभिन्न ठाउँहरुमा लगातार रुपमा अगाडि बढिरहेका छन । यसैक्रममा सोमबार ढोरपाटन नगरपालिका वडा नं ७,८ र ९ को संयुक्त चुनावी कार्यक्रम बोबाङको सेराबाङमा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य एबम प्रतिनिधि सभाका सांसद देबेन्द्र पौडेलले यो क्षेत्र टेक बहादुर घर्तीले पहिले नै जितिसकेको भन्दै राष्ट्रिय जनमोर्चा र बाम गठबन्धन बाहेक अरु कसैले ऊहाँको रगतमाथी भोट माग्ने अधिकार नभएको बताए ।
सोही कार्यक्रममा बोल्दै साझा बाम उमेदवार खिमबिक्रम शाहीले आफु निर्वाचित भएपछि निसी, भुजी र तमानमा भएका हरेक समस्याको कार्यकरण सबन्ध खोजी गर्दै त्यसको निराकरणको निम्ति आफु हरपल लागिरहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा बोल्दै ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीले बाम गठबन्धनसंग केन्द प्रदेश र स्थानीय सरकार सबै रहेको भन्दै खिमबिक्रम शाहीले चुनाव जिते आफु ब्यक्तीगत संगै सरकारकोतर्फबाट पनि देश, समाज र राष्ट्रको कायपलट बनाई छाड्ने प्रतिबद्धता गरे ।
कार्यक्रममा दिवङ्गत टेक बहादुर घर्तीकी धर्मपत्नी सुनमाया घर्तीले स्वर्गिय घर्तीको सपना पुरा गर्न उहाँसंगै हिँडेका र एउटै थालमा भात खाएका खिमबिक्रम शाहीलाई लिएर आएको भन्दै गिलास चिन्हमा मतदान गरी स्वर्गिय घर्तीको सपना पुरा गर्न आग्रह गरिन । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा नेता सेरमान घर्तीले आफ्नो नाममा कतिपय अवसरवादीहरुले अरुको अस्तित्व स्विकार्न नचाहने र आफु बाहेक अरु छैन भन्नेहरुले भ्रम फैलाएको भन्दै आफु र खिमबिक्रम शाहीको चुनाब चिन्ह गिलास नै भएकोले सबैलाई गिलास चिन्हमा नै मतदान गर्न आग्रह गरे ।कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश कमिटीका सचिब गोबिन्द नेपाली, प्रदेश मामिला समिती सभापति कृष्ण थापा, नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, स्थानीय प्रतिनिधि भद्रमणी सुनार , वडा नं ८ का अध्यक्ष नन्दे सुनार, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य विर बहादुर बिक, बामपन्थी नेता कृष्ण पौडेल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुंगाना, नेता कृष्ण अधिकारी, नेपाल कम्युनिष्ट पार्टी नेकपा बागलुङ इन्चार्ज बलावती शर्मा, अखिल नेपाल महिला संघका अध्यक्ष मिना पुन, नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला सदस्य केशर छन्त्याल, ढोरपाटन नगरपालिका अध्यक्ष लक्ष्मण पुन, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य धन बहादुर अदै, पान बहादुर विक, केन्द्रीय सदस्य लक्ष्मी बास्कोटा, दुर्गा देबी घर्ती, अखिल छैठौं बागलुङका अध्यक्ष इन्द्रमणी पाण्डे, अखिल नेपाल युवक संघका प्रदेश सचिब कृष्णराज पौडल, युवा नेता रमेश बिक्रम शाही, राम प्रसाद चालिसे लगायतका नेताहरुले बामगठवन्धनका पक्षमा जनमत सिर्जना भइरहेको वताए । निर्वाचन परिचालन समितिका संयोजक चुना बहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा नं ९ का अध्यक्ष हरी बहादुर घर्तीले स्वागत र वडा नं ७ का अध्यक्ष दीपक थापाको सन्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology