`

एनसेलको ‘रिचार्जमा चमत्कार’ योजना

बागलुङ, ११ मंसिर– दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल प्राईभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’ सर्वजनिक गरेको छ । कम्पनीले एक प्रेस बिज्ञप्तीमार्फत आफ्नो नयाँ योजनाको बिषयमा जानकारी गराएको हो । आफ्ना ग्राहकहरुले रिचार्ज गर्दा लक्की ड्रमार्फत पुरस्कार जित्ने योजना उसले सार्वजनिक गरेको छ । हरेक हप्ता पाँच जना ग्राहकले जनही रु. २ लाख जित्ने र हरेक महिना एक जना ग्रहकको लागि १० लाख नगद पुरस्कार उपलव्ध गराउने योजना कम्पनीले सार्वजनिक गरेको हो । रहेक रिचार्जमा प्रप्त हुने कोडलाई हरेक साता र महिनामा लक्की ड्रमार्फत बिजेता कोड घोषणा गर्ने योजना एनसेलले बनाएको छ । एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा १ सय वा त्यो भन्दा बढिको रिचार्जमा कोड प्राप्त गर्नेछन् । योजनाअन्तर्गत प्रत्येक साताको सोमबार साँझ ६ः३० बजे एपिवान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेजमार्फत पाँच भाग्यशाली ग्राहकहरुको घोषणा हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology