`

गलकोटको आकाशमा हेलिकप्टर, महोत्सव एक दिन लम्बियो

गलकोट,११ मंसिर – गलकोटमा जारी दोस्रो गलकोट घुम्टे महोत्सव एक दिन लम्बिएको छ ।मंसिर ४ गतेदेखि सुरु भएको महोत्सवमा दर्शकको उपस्थति र आयोजना गरिएका प्रतियोगितात्मक कार्यक्रम नसकिएको कारण एक दिन समय थप गरिएको आयोजक गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झकबहादुर बस्नेतले जानकारी दिए । जारी महोत्सवमा अन्तरपालिका स्तरीय खुला पुरुष भलिवल प्रतियोगिता र महिला भलिवल प्रतियोगीता र खुला रास्ट्रीय लोक दोहोरी गीत प्रतियोगीता बांकी रहेकोले एक दिन समय थप गरिएको आयोजकले जनाएको छ । महोत्सवमा दैनिक स्थानीय सास्कृतिक झाँकीसंगै रास्ट्रीय तथा स्थानीय कलाकारको प्रस्तुति रहेको छ ।
गलकोटको आकाशमा हेलिकप्टर
गलकोटमा जारी प्रभु दोस्रो गलकोट घुम्टे महोत्सवमा मुख्य आकर्षणको रुपमा रहेको हेलिकोप्टर मार्फत पर्यटकीय तथा धार्मिक स्थलहरुको दृश्यावलोकन मंगलवार देखि सञ्चालन भईरहेको छ । प्रभु हेलिकोप्टर मार्फत दर्शकलाई गलकोट उपत्यकासँगै गलकोटको शिर पर्यटकीय तथा धार्मिक स्थल घुम्टे शिरमा सिद्व भैरव दर्शन गर्नेहरुको ओईरो नै लागेको छ । गलकोट उपत्यका ,घुम्टे सिद्द भैरव दर्शन र ढोरपाटन अवलोकन गरि तिन प्याकेजमा हेलिकोप्टर उडान भईरहेको महोत्सव हेलिकोप्टर व्यवस्थापन समितिका सदस्य भुपेन्द्र खत्रीले जानकारी दिए । विशेष गरि गलकोट क्षेत्रबाट विदेशमा रोजगारीको सिलसिलामा रहेका आउन्तजन र छोरा छोरीले नेपालमा रहेका बाबा आमा र आफन्तजनलाई टिकट बुकिङ गरि हेलिकोप्टर बाट दृश्यावलोकन सँगै घुम्टेमा सिद्व भैरवको दर्शन गर्ने माहोल मिलाएका हुन । महोत्सवमा हेलिकोप्टर मार्फतको दृश्यावलोकनले हेलिकोप्टर चढनेहरुले प्रकृतिको मनोरम दृश्य हेर्दै आनन्द त लिएकै छन र बाहिर बसेका दर्शकले समेत आकाश तर्फ आँखा लगाउँदै मनोरञ्जन लिईरहेका छन । हेलिकोप्टर चढेर दृश्यावलोकन गर्दै घुम्टे शिरमा पुगेर सिद्व भैरवको दर्शन आफु प्रफुल्ल भएको र स्वर्गै गएजस्तो अनुभुती भएको गलकोट नगरपालिका ५ हरिचौरका ८७ वर्षिय ज्येष्ठ महिला तिलकुमारी खत्रीले बताइन । पहिले बचपनमा धेरै पटक जाने आउने गरेको भएता पनि बुढेशकालमा महोत्सवले हेलिकोप्टर मार्फत दर्शन गर्न पाएकोमा उनिले खुसी ब्यक्त गरिन । महोत्सवमा हेलिकोप्टर उडानले महोत्सवको रौनकता र माहोल नै छुट्टै भएको दर्शकहरुको प्रतिक्रिया छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology