`

रूघा खोकी र भाइल ज्वरो

रूघा र भाइल ज्वरो 

अस्वस्थ जिबनचर्या संगै दुसित खानपान, बिबिध स्वस्थ्य बिकृती का कारण आजभोली मानव स्वस्थ्य मा रोगप्रतिरोधी क्षमता अत्येन्तै जिर्ण हुंदै गईरहेको छ। जसको उपहार स्वरूप साना भन्दा साना स्वस्थ समस्या ले पनि सजिलै आक्रमण गरी ह्रृष्टपुष्ट ब्यक्ति हरू केही दिनमा नै धारासाही अवस्था मा पुगेको ताजा घटना हरू नौलो छैन । कमजोर रोगप्रतिरोधक प्रणाली को कारण मानव स्वस्थ्य मा प्रभाव पार्ने कयौं सस्याहरू मध्य सबै उमेर समुहका लाई छोटो समय मा प्रभाव पार्ने समस्या मध्य एक हो रूघा र भाइल ज्वरो जस्ले जाडोमा झनै तिब्र रूपमा आक्रमण गर्दछ।
रूघा रूघा भनेर मात्र हुँदैन, कुन र कस्तो रूघा भन्ने बारे बुझन अत्यन्त महत्वपुर्ण हुन्छ।

 रुघा खोकी भनेको के हो?

रुघा” (allergy)(Allergic Rhinitis):- हाँच्छ्यु (एक चोटीमा लगातार ३ देखि ७ पटकसम्म आउने), सिगान (पानी जस्तै पातलो बगीरहने निरन्तर, जत्तिखेर पनि); नाक बन्द (प्राय हुन्छ), ज्वरो (आउंदैन, आयो भने १००.४ कट्दैन), खोकी (प्राय लाग्दैन, लाग्यो भने त्यति समस्याको रुप लिदैन), घांटी दुख्ने र निल्न गार्हो (प्राय हुँदैन),  नाक-आँखा चिलाउने (प्राय हुने गर्छ, बिशेषगरी नाक वरिपरी र भित्रि भाग औधि चिलाउछ),  अबधि (२ हप्ता भन्दा लामो समय, फेरी बारम्बार भैरहने वा प्रत्येक साल एकै खाले मौसममा भै छाड्ने)।

रुघा” (common cold virus):- हाँच्छ्यु (एक चोटीमा १-२ पटक), सिगान (हल्का बाक्लो, सामान्य दिनमा भन्दा अलि धेरै बग्ने), नाक बन्द (प्राय हुन्छ), ज्वरो (१००.४ कट्दैन), खोकी (प्राय लाग्छ); घांटी दुख्ने र निल्न गार्हो भएको जस्तो हुने (सम्भावना धेरै हुन्छ), नाक-आँखा चिलाउने (प्राय हुँदैन, भयो भने निरन्तर चिलाउने हुँदैन), अबधि (२ हप्ता भन्दा कम समय, अर्को ५-६ महिना वा एक सालसम्म कुनै रुघा लाग्दैन)
 “रुघा” (flu virus) :- “रुघा” (common cold virus) मा हुने सबै लक्षणहरुका साथै ज्वरो (१००.४ कटेर १०४ सम्म सजिलै पुग्ने), थकान (उठ्नै नसक्ने, पहिले सजिलै उचाल्न सक्ने ७ केजी जत्तिको सामान अब उचाल्न नसक्ने अवस्था हुने, थला परेर बस्ने, यसबाट बालबच्चा, बुढाबुढी र दिर्घरोगीहरुको ज्यानै पनि जान सक्छ।
रुघा” (common cold), “रुघा” (flu) र “रुघा” (allergy) कसरी लाग्छ ?
 Allergy चाहीँ बोट-बिरुवामा फूल फुल्ने बेलामा निस्कने pollen, कुनै बिरुवा वा झारबाट निस्कने भुँवा, जीव जनवारका (कुकुर, बिरालो, गाई, भैंसी आदिका) रौँ वा चायाँ वा मलमुत्र, घरमा हुने साङ्ग्ला, मुसा लगाएत अन्य स-साना जीवका मलमुत्र, दुवा-धूलाका मसिना कण, सिरक-डसनामा वा पुराना किताबमा आँखाले देख्न गार्हो हुने मसिना जीवहरु, घर भित्र वा बाहिरका ढुसी, ज्याम्स आदिबाट हुने गर्छ l यी चिजहरुले सबैलाई असर गर्दैन तर कसै कसैको रोग प्रतिरक्षा प्रणालीले यी चिजलाई निकै खतरनाक ठान्दिन्छन् l जब यी allergen (allergy बनाउने तत्व) शरीरमा पस्छ तब रोग प्रतिरक्षा प्रणाली (immune system) सक्रिय हुन थाल्छ l ति allergen लाई सिध्याउन भनेर शरीरले immune cells बाट बिभिन्न chemical ओकलिदिन्छ l त्यसपछि नाक र स्वास प्रस्वासको माथिल्लो क्षेत्र चिलाउने, मसिना रक्तनलीहरु leak हुने अनि सुन्निने गर्छ l जबसम्म हामी allergen को नजिक हुन्छौं तबसम्म यो समस्या निरन्तर हुन्छ l त्यसैले पनि मसिना झार र रुख बिरुवाका पालुवा पलाउने बेलामा वा फूल फुल्ने बेलामा निस्कने pollen को कारणले allergy हुनेलाई महिनादिनसम्म समस्या निरन्तर भैराक्छ l जसलाई seasonal allergy भनिन्छ l
Common cold बिभिन्न किसिमको virus जस्तै rhino virus, corona virus आदिले गर्दा लाग्छ l जब यी virus हरुले ग्रस्त भएकाहरु हामी नजिक हाँच्छ्यु गर्छन वा ढोकाको handle वा बेन्च टेबल वा अन्य सामान छुन्छन अनि हामी ति मानिसका नजिक हुन्छौं वा तिनले छोएका समानहरु छुन्छौं तब हामीलाई पनि ति virus सर्छ l ति virus हाम्रो शरीरमा पुगेपछि हाम्रो रोग प्रतिरक्षा प्रणाली सक्रिय हुन थाल्छ र ति virus लाई मार्ने वा बाहिर धकेल्ने वा लखेट्ने प्रक्रिया सुरु हुन्छ l त्यसैले नाक बन्द हुने, हाँच्छ्यु आउने, खोकी लाग्ने, तापक्रम बढ्ने आदि लक्षण देखा पर्छन l यदि हाम्रो शरीर स्वस्थ छ, सबै अंगहरुले राम्रोसंग काम गर्छन, चुरोट-रक्सि धेरै पिउने जस्ता बानी छैन र रोग प्रतिरक्षा प्रणाली राम्रो छ भने common cold virus ले खासै दुख दिदैन l
Flu चाही Influenza virus को कारणले लाग्छ l यो virus को प्रकारलाई H र N नम्बर दिएर छुट्याइन्छ l जस्तै Swine Flu (H1N1), Bird Flu (H5N1) आदि l रोग प्रतिरक्षा प्रणाली कम हुनेहरु जस्तै बालबच्चा, बुढाबुढी र दिर्घ रोघीहरुको Flu ले ज्यानै पनि लिन सक्छ ।
उपचार कसरी गर्ने ?
Common cold र Flu: यो virus लाई हाम्रो शरीरको रोग प्रतिरक्षा प्रणालीले सजिलै तह लगाउन सक्ने हुनाले उक्त (रोग प्रतिरक्षा) प्रक्रियालाई सजिलो हुने ब्यबहार गर्नु जरुरी हुन्छ l करिब ५ दिन आराम गर्ने, तातो पानी, soup, तरकारीको रस आदि प्रसस्त पिउने, तातो बाफ लिने, सिगान पुच्छ्दा कपडाको रुमाल प्रयोग नगर्ने, नाक पुच्छ्ने paper को प्रयोग गर्ने र trash can मा फाल्ने (रुमालमा ति virus हरु २४-४८ घण्टा वा बढी समय बस्न सक्छन भने नाक पुछ्ने paper मा १५-३० मिनट मात्रै), प्रत्येक पटक साबुन पानीले धुने, towel तातो पानीमा भिजाएर-निचोरेर गालामा र निधारमा सेक्ने, टाउको दुखे paracetamol (acetaminophen) वा ibuprofen दिनको ३-४ पटकसम्म खाने (१० बर्ष मुनिकाले यस्तो बेलामा ibuprofen खानु हुँदैन) l नाक बन्द भएको छ भने नुन-पानी नाकको एक प्वालमा छिराएर अर्को प्वालबाट निकाल्ने (जलनेती) गर्ने, नसके नुन-पानीको spray गर्ने, यसो गर्दा पनि भएन भने फार्मेसीमा सजिलै पाइने Phenylephrine, Chlorpheniramine, Phenylpropanolamine प्रयोग गर्दा पनि हुन्छ जुन प्राय paracetamol वा अन्य औषधिमा मिसाएर बेचिएको हुन्छ ( यो १२ बर्ष भन्दा माथि उमेरकोले प्रयोग गर्नु पर्छ), त्यसले पनि नभए decongestant spray (fluticasone, triamcinolone, mometasone आदि) को दिनको २ पटकसम्म प्रयोग गर्ने, घांटीमा खकार जमेको जस्तो भए guaifenesin को प्रयोग गरेर खकारलाई पातलो बनाउने, खोकीले पनि सताउने गरेको छ भने dextromethorphan लिने वा guaifenesin र dextromethorphan दुवै भएको औसधि लिने,  खोकीको लागि benzonate पनि पाइन्छ तर १० बर्ष माथिको उमेरले मात्र प्रयोग गर्न मिल्छ । यी औषधिहरुले कुनै पनि हालतमा खोकी बन्द नभएको खण्डमा डाक्टरको prescription चाहिने खालको औषधि प्रयोग गर्नु पर्ने पनि हुन सक्छ l ५ दिन कट्दा लक्षणहरु कम भएनन् र झन् शरीरमा रोगल् च्याप्न थाल्यो भने डाक्टरकोमा जानु पर्छ ।

Allergy (Allergic Rhinitis): यसको लागि पहिला के को allergy हो भनेर पत्ता लगाउने,TB को test जस्तै allergy को skin test गर्न मिल्छ तर नेपालमा सबैतिर सजिलै उपलब्ध त छैन होला l कुन कुराको allergy हो भनेर पत्ता लगाए पछि सो allergy दिने कुरा (allergen) बाट मुक्त हुन सक्यो भने कहिल्यै दुख पाइदैन र कुनै औषधिको पनि प्रयोग गर्नु पर्दैन l सकिएन भने allergy को लक्षण हुने बित्तिकै औषधिहरु प्रयोग गर्ने l चिलाउन कम गर्न र हाँच्छ्यु कम गर्न फार्मेसीमा पाउने औषधिहरु यस प्रकार हुन्छन: diphenhydramine (यसले अलि ज्यादा निन्द्रा जगाउन सक्छ त्यसैले राती सुत्ने बेलामा खाँदा राम्रो), cetrizine, levocetrizine, fexofenadine, loratidine, desloratadine आदि l यी बाहेक अन्य पनि हुन्छन जुन डाक्टरको prescription चाहिन सक्छ l नाक बन्द भए, खोकी लागे वा टाउको दुखे माथि common cold र flu मा लेखिएको औषधि प्रयोग गर्दा हुन्छ l नाकबाट सिगान बगेको बग्यै गरेर हैरान गरेको छ भने ipratropium inhaler को स्प्रे दिनको ३-४ पटक सम्म लिने र सोहि बखत घाँटी खस खस गर्ने र खोकी पनि लाग्ने गरेको छ भने azelastine स्प्रे दिनको दुई पटक लिने l कसै कसैलाई Allergic Rhinitis बनाउने allergen ले Asthma पनि ब्युझाइदिने हुन्छ l यस्ता व्यक्तिले श्वासनली खोल्ने inhaler (जस्तै: albuterol) साथमा राख्नुपर्छ र दिनको ५-६ पटक सम्म प्रयोग गर्नु पर्ने हुन सक्छ l

चिसोको allergy
चिसोको allergy निकै भन्दा पनि निकै कमलाई मात्र हुने गर्छ l चिसोको allergy छ छैन भनेर पत्ता लगाउन एउटा सजिलो उपाय छ l सानो ice को टुक्रा लिनुस र शरीरको कुनै भागमा २ मिनेट राख्नुस l यदि ice राखेको भाग सुन्निएर रातो भएर फुलेर आयो भने तपाईलाई चिसोको allergy छ नत्र छैन l बरु तपाईंलाई चिसो मौसममा मात्र अलि बढी सक्रिय हुने अन्य कुराले दुख दिएको हुनसक्छ वा  कुनै खाने कुरा वा चिसो तापक्रम हुने कुरा जस्तै ice cream आदिको sensitivity मात्र भएको हुनसक्छ जसलाई vasomotor rhinitis भनिन्छ वा ति खानाहरुले नभई ति खाना राम्रोसंग store गरेर नराख्नाले त्यसमा भएको जिबाणुहरुको आक्रमण भै रोग प्रतिरक्षा प्रणाली अलि सक्रिय हुँदा भएको असर मात्र हुनसक्छ र कारण अन्य पनि हुन सक्छन l यदि चिसोको allergy नै हो भने न्यानो कपडा लगाउने, तातो पानीले मात्र हात मुख धुने नुहाउने। यो समस्या धेरैको केहि सालमा आँफै कम हुदै जान्छ l कारण जे भएपनि यदि निकै समस्यामा पारेको छ भने लक्षण अनुसारको allergy को लागि माथि भनिएको जुनसुकै औषधि प्रयोग गर्दा हुन्छ l
रुघा (common cold वा flu) लाग्नै नदिन के गर्ने ?
 हातका औंलाले नाक मुखमा वा अनुहारमा नछुने, बरु मुख पुछ्ने paper को प्रयोग गर्ने, बाहिर निस्कदा (खासगरी रुघा खोकी लाग्ने मौसममा) mask लगाएर निक्सने; सार्बजनिक स्थलका सामानहरु जस्तै ढोका, बेन्च आदि छोएपछि साबुन पानीले हात धुने, फोहोरो र धुँवा धुलो ठाउंबाट पर बस्ने, चुरोट पिउने बानी हटाउने, दैनिक शारीरिक ब्यायाम गर्ने, दिनहु प्रसस्त फलफुल र हरियो तरकारी खाने ।

भाइरल ज्वरो ? के गर्ने र के नगर्ने ?

समान्यतया रूघा खोकी को ज्वरो भन्दा भाइरल ज्वरो फरक हुन्छ । यसको प्रबृत्ती खरो हुन्छ।
लक्षणहरु

१. ज्वरो,

२. शरीर जिरिङ्ग (जाडो हुने),

३. टाउको, जिउ र जोर्नी दुख्ने,

४. घाँटी दुख्ने, खोकी लाग्ने, नाकबाट पानी बग्ने वा बन्द हुने, बालबालिकालाई बान्ता र पखाला लाग्ने,

५. अनुहार सुन्निने र शरीर अलश्य हुने। आँखा राताराता हुनुको साथै आँखा रसिला देखिने हुन्छ।

के गर्ने ?

१) घरमै आराम गर्ने:- यसले शरीरमा ऊर्जा थपिदिने र रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गर्नेछ भने संक्रमितबाट अरुलाई सार्ने वा प्रकोप हुने सम्भावना कम हुनेछ।

२) झोलिलो खानेकुरा खाने:- यसले शरीरलाई डिहाइड्रेसन हुनबाट जोगाउँछ। रोग प्रतिरोधी क्षमता पनि वृद्धि गराउँछ। पानी आवश्यकता अनुसार पिए पनि झोलिलो सुप लिँदा शरीरमा अझ स्फुर्ती बढ्ने र छिटो स्वास्थ्यमा सुधार आउनेछ।

३) भाइरल ज्वरोको सिजनमा चाहिने अति आवश्यक सामान्य औषधीहरु आफूसँग राख्ने। खासगरी भौगोलिक विकट स्थानमा स्वस्थ्यचौकी टाढा हुने र स्वास्थ्यकर्मी पनि चाहेको समयमा पुग्न गाह्रो हुने भएकाले सामान्य औषधि आफूसँगै राख्नु आवश्यक छ।

४) घरमै उपलब्ध खानेकुरा (लसुन, सुन्तला, मह, अदुवा आदि) मा भाइरस विरुद्धको गुण हुने भएको र यी खानेकुरा गाउँघरतिर पनि सहजै उपलब्ध हुने भएकाले यसको प्रयोग गर्दा छिटो स्वास्थ्यलाभ गर्न सकिनेछ।

५) खासगरी ६५ वर्षमाथिका जेष्ठ नागरिक, ५ वर्ष मुनिका बालबालिका, दीर्घ रोगी (दम, सिओपिडी, अंग प्रत्यारोपण, मिर्गौलाको डायलाइसिस गरिरहेका) हरुको भाइरल ज्वरो अन्तर्गत पर्ने फ्लुका कारण मृत्यु हुने गरेकाले यस्ता वर्गका मानिसले फ्लु विरुद्धको खोप अनिवार्य लिनुपर्छ। विशेषगरी विकट स्थानहरु जहाँ समयमा औषधि र चिकित्सकको अभाव हुन्छ, त्यहाँ नियमित रुपमा खोप दिँदा बर्सेनि हुने मानवीय क्षतिलाई कम गर्न सकिनेछ।

के नगर्ने ?

१) एन्टिबायोटिकको प्रयोग आफूखुसी नगरौं।

२) संक्रमण भएको अवस्थामा सार्वजनिक स्थलहरुमा अति आवश्यक नभई नजाऊ।

३) आफूले प्रयोग गर्ने समानहरु अरुलाई प्रयोग गर्न नदिऊँ, हात नामिलाऊँ र आफू संक्रमित भएको भए अरुसँग एक मिटर दुरी कायम गरेर मात्र कुराकानी गरौं।

४) शरीर कसिने गरी गह्रुंगा लुगा नलगाउने र कोठाका झ्यालढोका पूर्ण रुपमा बन्द नगर्ने।

५) भाइरल ज्वरो संक्रमणका करणले हुने भएकाले धामी, झाँक्री वा झारफुक तिर नलागी सकेसम्म स्वास्थ्य संस्थामा पुग्ने कोसिस गर्ने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology