`

न्यू वेष्ट प्वाइन्ट र बुद्ध फाईनल प्रबेश

म्याग्दी, १३ मंसिर– म्याग्दीको बेनीमा जारी १८ औं जेसिज कप फुटबल प्रतियोगिता अन्तरगत शुक्रवार सेमिफाईनल चरणका दुई खेल सम्पन्न भएका छन् । शुक्रबारको पहिलो सेमिफाइनलमा बेनी बोर्डिङ आवशिय माविलाई शुन्यका विरुद्ध पाँच गोल गर्दै न्यू वेष्ट प्वाइन्ट मावि बेनी फाइनलमा प्रवेश गरेको छ । त्यस्तै शुक्रबार दिउँसो भएको दोस्रो खेलमा बेनी सामुदायीक माध्यमिक विद्यालयलाई एकका विरुद्ध दुई गोल गर्दै बुद्ध एकेडेमी फाईनलमा प्रबेश गरेको छ । बुद्ध एकेडेमीको फाईनल प्रबेशका लागि दिपेश बुढामगर र रेमिङ तामाङले एक÷एक गोल गरेका थिए । बेनी सामुदायीक माबिका लागि बिजय छिनालले एक गोल गर्नु बाहेक अन्य गोल हुन सकेनन् । निकै रोमञ्चक रहेका सेमि फाईनल चरणका खेलहरु हेर्नका लागि शुक्रबार बिद्यार्थी तथा शिक्षकहरुको ठुलो भीड लागेको थियो । फाईनल खेल शनिवार दिउँसो हुने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology