`

कांग्रेस नेता प्रदिप पौडेल र मञ्जित ताम्राकार बोबाङबाट लखेटीए

  • मौन अवधिमा भोट माग्दै प्रमुख दलका नेताहरु
  • बागलुङ, १३ मंसिर– उपनिर्वाचनको मतदानको दिन नजिकिँदै गर्दा प्रमुख दलका नेताहरु भने मत सुरक्षा गर्ने भन्दै टोलटोलमा पुग्न छाडेका छैनन् । जिल्लाको क्षेत्र नं. २ ख मा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्ला नेतृत्व मात्रै होइन, केन्द्रिय नेतृत्व नै मतदातालाई प्रभावमा पार्न गाउँगाउँमा पुगेका छन् ।
    मौन अवधिको समयमा यसरी गाउँ गाउँमा पुग्ने पार्टी नेताहरुलाई भने स्थानीयले आचारसंहिता उलंघन भएको भन्दै फिर्ता पठाइदिएका छन । मौन अवधिमानै भोट माग्न बोबाङ पुगेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य तनहुँका प्रदिप पौडेल र दार्चुलाका मञ्जित ताम्राकारलाई स्थानीयलले आचारसंहिता उलंघन गरेको भन्दै फिर्ता पठाईदिएका छन् । उनीहरु समुहमा भोट माग्न त्यहाँ पुगेका थिए । उनीहरुलाई स्थानीयले सकुशल फिर्ता पठाइएको स्थानीयले वताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले राखेको वैठकमा मतदानको दिन जिल्लाभित्रका राजनैतिक दलका आठ आठ जना नेताहरुलाई समन्वयका लागि निर्वाचन क्षेत्रभित्र रहने दिने सहमती भएको थियो । तर सो सहमती विपरित नेपाली कांग्रेसले जिल्ला बाहिरका नेताहरुलाई निर्वाचन क्षेत्रभित्र राखेर मौन अवधिमा भोट माग्न पठाएको संयुक्त बामगठबन्धनको आरोप छ ।
    त्यसैगरी नेपाली काँग्रेसका जिल्ला नेतृ गण्डकी थापाले पनि मौन अवधिमा भोट मागेको भन्दै बडिगाड गाउपालिका २ बाट स्थानीयले फिर्ता पठाएका छन् । त्यसैगरी बामगठवन्धनका जिल्लाका नेताहरुलाई पनि बोंगादोभानबाट स्थानीयले मत प्रभावित पार्ने काममा हिडेको भन्दै उनिहरु सबार गाडी अबरोध गरेका थिए । गठवन्धनका नेताहरु वलावती शर्मा, गोविन्द नेपाली, चन्द्रवहादुर वुढा, राजेन्द्र ढुंगाना, ज्ञामनाथ गैरे लगायतका नेताहरुसंग केही समय छलफल मात्र भएको थियो  ।
    यी दुवै दलका नेताहरुले भने विज्ञप्ति प्रकाशित गरी एकले अर्काेलाई आचारसंहिता उलंघन गरेको आरोप लगाएका छन् । संयुक्त बाम गठवन्धन निर्वाचन परिचालन समितिका संयोजक अमर थापाले शुक्रवार विज्ञप्ति प्रकाशित गरी तमानखोला गाउँपालिकाको बोंगादोभान बजारको मुल बाटोमा ढुकेर वसेका नेपाली कांग्रेसका युवाहरुले बामगठवन्धनको समन्वय र सहजीकरण नेतृत्वप्रति अभद्र ब्यवहार गरेको जनाएको छ । बाटोमा हिँडिरहेको अवस्थामा गाडी नै रोकेर अनर्गल लाञ्छना लगाउने, गालीगलौज गर्ने गरेको भन्दै परिस्थिति भाड्ने र निर्वाचन अमर्यादित बनाउने हर्कत गरेको वताएको छ ।
    जिल्ला निर्वाचन कार्यालयको समन्वय र सहमतीमा जिल्ला स्थित जिम्मेवार नेतृत्व निर्वाचन क्षेत्रमा रहेको दावी गर्दै विज्ञप्तिमा काँग्रेसले तनहुँका प्रदिप पौडेल र दार्चुलाका मञ्जित ताम्राकारले अहिले पनि गाउगाउँमा पुगेर मतदाता भडकाउने काम गरेको आरोप लगाएको छ । त्यसो नगर्न काँग्रेसको जिल्ला नेतृत्वलाई आग्ह गर्दै निसीखोलामा बाम गठवन्धनका नेता रुद्र पौडेलमाथि पनि काँग्रेसले दुब्र्यवहार गर्नु हार मानसिकताको उपज हो भनेको छ । निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण र भयरहित वातावरणमा सफल पार्ने बाम गठवन्धनले मतदाता लगायत सवैमा अपिल गरेको छ । त्यसैगरी शुक्रवार नै नेपाली काँग्रेस बागलुङले विज्ञप्ति प्रकाशित गरी बामगठवन्धनको तर्फबाट ब्यापाक रुपमा आचारसंहिता उलंघन गरेको आरोप लगाएको छ । जिल्ला कोषाध्यक्ष उमेश गौतमले जारी गरेको विज्ञप्तिमा ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपाली, प्रदेशसभा सदस्य चन्द्रवहादुर वुुढा र जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगानाले निर्वाचन हुने विभिन्न क्षेत्रमा विकासका योजना बाढेर मत प्रभावित पारेको आरोपप लगाइएको छ । कांग्रेसले पनि हारको मानसिकताबाट ग्रसित भई निन्दनीय कार्य गरेको भन्दै निर्वाचनलाई स्वतन्त्र र निश्पक्ष रुपमा समपन्न गर्न सम्वन्धित निकायसंग माग गरेको छ । निर्वाचन क्षेत्रभित्र समन्वय र सहजीकरण गर्न भन्दै अहिले यहाँ बामगठवन्धनको तर्फबाट गोविन्द नेपाली, वलावति शर्मा, ज्ञामनाथ गैरे, कृष्ण पाठक, चन्द्र वुढामगर, अमर थापा, राजेन्द्र ढुंगाना र तिलक थापा रहेका छन । यी सवै जिल्लाभित्रका नै नेताहरु हुन् । त्यसैगरी काँग्रेसको तर्फबाट प्रदिप पौडेल, किरणराज पौडेल, दिपेन्द्र थापा, नरवहादुर पुन, नवराज पौडेल, मञ्जित ताम्राकार, रामन्त आचार्य र हरिदत्त आचार्य रहेका छन । यी मध्ये प्रदिप पौडेल तनहुँका र मञ्जित ताम्राकार दार्चुलाका हुन भने अरु सवै जिल्लाभित्रका हुन् । यी सवै निर्वाचन कार्यालयसँगको सहमतीमा रहेको वताएका छन् । निर्वाचन कार्यालयले पनि निर्वाचनमा समन्वय र सहजीकरणका लागि दुवै दलका आठ आठ जनालाई निर्वाचन क्षेत्रमा रहने गरी मौखिक सहमती दिएको जनाएको छ ।

    (माथीको तस्विरमा हेर्नुहोस स्थानीयले फिर्ता पठाएका नेकाका नेता प्रदिप पौडेल र मञ्जित ताम्राकार) ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology