`

बागलुङमा मतदान सुरु ( भिडियो )

  • उत्तर गंगामा ९० बर्षिया बृद्धाबाट मतदान गरी मतदान शुभारम्भ
  • बागलुङ, १४ मंसिर– बागलुङ क्षेत्र नं २ (ख) र बडिगाड गाउँपालिकाको वडा नं २ मा मतदान सुरु भएको छ । निर्वाचन आयोगले तोकेका २५ मतदान स्थलका ४५ वै मतदान केन्द्रहरुमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहानको चिसोको प्रबाह नगरी बृद्धदेखि बहेस्कहरु मतदान स्थलमा लाम लागेका छन् । प्रदेशसभा सदस्य र वडाअध्यक्षको लागि भैरहेको दुवै उपनिर्वाचनका लागि मतदान भैरहेको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेका अनुसार प्रदेशसभाका लागि मतदान हुने २४ मतदान स्थल र वडाअध्यक्षको लागि मतदान हुने १ मतदान स्थल गरी २५ वटै मतदान स्थलमा मतदाता पुगेर मतदान सुरु भएको छ । ढोरपाटन नगरपालिकाको बुर्तिवाङमा रहेको उत्तरगंगा मतदान स्थलमा बिहान साढे सात बजे मात्रै मतदान सुरु भएको छ । ९० बर्षिया मनसरी बिकले पहिलो मतदान गरेर उक्त मतदान स्थलमा मदतानको कार्य सुभारम्भ गरेकी थिईन् । स्वयंसेवक र सुरक्षा कर्मीले उनलाई स्टेचरको सहायतामा मतदान स्थल पु¥याएका थिए । त्यहाँ रहेको मददान केन्द्र ख बाट उनले मतदान गरेकी छन् । उक्त मदतान स्थलको केन्द्र क मा ७ सय ६ जना र केन्द्र ख मा ७ सय ५६ जना मतदाता छन् ।
    भिडियो र तस्वीरमा हेर्नुस मतदान

     

     

     

     

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology