`

मतान्तर बढाउँदै बाम उम्मेदवार, राप्रपाको सुन्य

बागलुङ, १५ मंसिर– बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यका लागि भएको उप निर्वाचनको नतिजामा बाम गठबन्धका उम्मेदवारको मतान्तर बढ्दै गएको छ । बागलुङ, १५ मंसिर– शनिबार सम्पन्न उपनिर्वाचन अन्तरगत बागलुङ क्षेत्र नं २ (ख) को प्रदेशसभा सदस्यको लागि मतगणना जारी छ । अहिलेसम्म ढोरपान नगरपालिका–१, २ र ३ तमानखोला गाउँपालिका–१ र २ तथा निसीखोला गाउँपालिका–१, २ वडाको मतगणना सकिएको छ । सात वडाको मतगणना गर्दा सुरुवाती अग्रता लिएका नेपाली कांग्रेसका उम्मेदवार जीत शेरचनलाई पछि पार्दै साझा बाम उम्मेदवार खिम बिक्रम शाहीले ४ सय ६१ मतले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका जीत शेरचनले ३ हजार ५ सय ३४ मत प्राप्त गरेका छन्भने साझा बाम उम्मेदवार खिमबिक्रम शाहीले ३ हजार ९ सय ७५ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा रहेका तीन पालिकामा २२ वडा रहेका छन् । यो क्षेत्रमा खसेको कुल २१ हजार ४ सय मत मध्ये अहिले सम्म ७ हजार ७ सय ५३ मत गणना भएको छ ।
गाईलाई मत सुन्य
झण्डै एक तिहाई मत गणना भैसक्दा समेत राष्ट्रिय प्रजातन्त्र पार्टीले खाता खोल्न सकेको छैन् । उम्मेदवार बनेका गणेश बहादुर कुँवरको मत यो समाचार तयार पार्दा सम्म सुन्य रहेको छ । अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारले केही मत प्राप्त गरेको भएपनि राष्ट्रिय प्रजातन्त्र पार्टीले भने खातानै खोल्न नसकेको हो । अहिले सम्मको मत परिणाम अनुसार समाजवादी पार्टीका अशोक कुमार बि.क तेस्रो स्थानमा छन् । उनले १ सय ४५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology