`

१३ सय मतान्तरले बाम उम्मेदवार अघि

  • राप्रपाले खाता खोल्यो
  • बागलुङ, १५ मंसिर– बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यका लागि भएको उप निर्वाचनको नतिजामा बाम गठबन्धका उम्मेदवारको मतान्तर एक हजार नाघेको छ । अहिलेसम्म ढोरपान नगरपालिका–१, २ र ३ तमानखोला गाउँपालिका–१ र २, ३ तथा निसीखोला गाउँपालिका–१, २ वडाको मतगणना सकिएको छ । आठ वडाको मतगणना गर्दा सुरुवाती अग्रता लिएका नेपाली कांग्रेसका उम्मेदवार जीत शेरचनलाई पछि पार्दै साझा बाम उम्मेदवार खिम बिक्रम शाहीले १ हजार ३ सय मतले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका जीत शेरचनले ३ हजार ७ सय ५६ मत प्राप्त गरेका छन्भने साझा बाम उम्मेदवार खिमबिक्रम शाहीले ५ हजार ५६ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा रहेका तीन पालिकामा २२ वडा रहेका छन् । यो क्षेत्रमा खसेको कुल २१ हजार ४ सय मत मध्ये अहिले सम्म ९ हजार ७७ मत गणना भएको छ ।
    गाईलाई खाता खोल्यो
    झण्डै एक तिहाई मत गणना भैसक्दा समेत खाता खोल्न नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पछिल्लो परिणाम अनुसार १ मत पाएर खाता खोलेको छ । उम्मेदवार बनेका गणेश बहादुर कुँवरको मत यो समाचार तयार पार्दा सम्म १ मत प्राप्त गरेका छन् । अहिले सम्मको मत परिणाम अनुसार समाजवादी पार्टीका अशोक कुमार बि.क तेस्रो स्थानमा छन् । उनले १ सय ५४ मत प्राप्त गरेका छन् । निर्धारित समयमा उम्मेदवारी फिर्ता गर्न नसकेका कारण निर्वाचन चिन्ह पाएका स्वतन्त्र उम्मेदवार शेरमान घर्तिको चुनाव चिन्हमा पनि ५८ मत परेको छ । उनले पत्रकार सम्मेलन मार्फत आँफुले बाम गठबन्धनका उम्मेद्वारलाई सघाउने घोषणा गरेका थिए । अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारको मत २० भन्दा कम छ ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology