`

शिक्षक हुँदै प्रदेश सभाको यात्रा

बागलुङ, १६ मंसिर – साँढे दुई बर्षअघि भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसका तारानाथ पौडेलसँग गाउँपालिका अध्यक्ष पदमा ७ सय मतले पराजित राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य खिम बिक्रम शाही प्रदेशसभा निर्वाचनमा भने बिजयी भएका छन् । शाही प्रदेशसभाका लागि बाम गठबन्धनको उमेदवार हुन् । बागलुङ क्षेत्र नं. २ (ख) मा तत्कालिन आम निर्वाचनमा प्रदेशसभामा निर्वाचित टेकबहादुर घर्तीको कलेजो सम्बन्धी रोगले निधन भएपछि एक बर्ष देखि पद खाली थियो । शनिवार भएको निर्वाचनमा शाहीले कांग्रेसका जितबहादुर शेरचनलाई पराजित गरेका हुन् । राष्ट्रिय जनमोर्चाका सचिवालय सदस्य रहेका शाही बिद्यालय तहमा पढ्दा पढ्दै २०४० सालमा अखिल छैठौको राजनीतिमा लागे । त्यसपछि उनी बिद्यार्थी संगठन हुँदै युवक संगठनमा पनि सक्रिय भएर काम गरे । २०५२ सालमा राजमोको जिल्ला कमिटि सदस्यमा उदाएका शाही ३ कार्यकाल सम्म जिल्ला सदस्यमै रहे । गत अधिवेशनमा सचिवालय सदस्यमा पुगेका उनै शाही प्रदेशसभा निर्वाचनमा बिजयी भए । स्थानीय तहमा पराजित भएपनि निरन्तर संगठनमा लागेको र जनतासंगै एकाकार भएकाले बिजयको माला पहिरिन सफल भए । उसो त उनी प्रभा माध्यमिक विद्यालयमा शिक्षक हुदाँको समबन्धले पनि गण्डकी प्रदेशसभामा पुग्नलाई बाटो खुलेको वताउछन् । निर्वाचनमा शाहीले कृषिको बिकास र आधुनिकीकरणमा भूमिका खेल्ने योजना बनाएका थिए । पश्चिम बागलुङको पुरानो खेती तथा कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने, त्यस क्षेत्रमा शिक्षा र संचारको पहुँच पु¥याउने लगायतका काम गर्ने उनका चुनावी नारा थिए । संघियता बिरोधी राजमो र संघियता पक्षधर नेकपाबीचको तालमेलबाट निर्वाचित भएकोले यसपछिको राजनीतिक यात्रा कसरी अगाडि बढ्छ भन्नेचाही हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology