`

आलोचनाको जवाफ उपनिर्वाचनले दिएको छ : मुख्यमन्त्री गुरुङ

  • विद्याको जीतमा नेकपाको विजय जुलुस
  • पोखरा,१६ मंसिर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिपक्षीले गर्ने गरेको आलोचनाको जवाफ उपनिर्वाचनले दिएको दावी गरे । ‘जनताको अभिमतले बिपक्षीहरुको बकमास र गलत हर्कतलाई चिर्दै कम्युनिष्टको सरकार ठिक बाटोमा हिडेको प्रस्ट भएको छ ।’
    कास्की क्षेत्र नं २ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा जीत प्राप्त गरेपछि सोमवार पोखरामा आयोजित विजय सभामा बोल्दै गुरुङले विकास र राष्ट्रियता बचाऊ अभियानमा कम्युनिष्ट पार्टीको विकल्प हुन नसक्ने भन्ने सन्देश उपनिर्वाचनले दिएको उल्लेख गरे । ‘जनताले सरकारको लिएको विकास निर्माणको नीतिलाई उपनिर्वाचनको माध्यमबाट अनुमोदन गरेको छ । ’
    राष्ट्रिय स्वाधीनता र ‘समृद्ध नेपाल र सुखी नेपाली’को सरकारको नीतिको पक्षमा जनताको अभिमत रहेको उल्लेख गर्दै उनले अर्को पटकको निर्वाचनमा नेकपाले दुई तिहाइ स्थानमा जीत प्राप्त गर्ने जिकिर गरे ।

    भूमिहीनलाई एक वर्षभित्र लालपुर्जा
    नवनिर्वा्चित विद्या भट्टराईले सो क्षेत्रका तत्कालीन सांसद रवीन्द्र अधिकारप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनका अधुरो सपनालाई पूरा गर्ने वचनबद्धता प्रकट गरिन् ।
    जनताले दिएको अभिमत र निर्देशनलाई पूरा गर्न आफू दृढसङ्कल्पित रहेको उल्लेख गर्दै उनले सडक खानेपानी, स्वास्थ्य सेवा गुणस्तर बनाउनका लागि प्रतिबद्ध रहने धारणा प्रकट गरिन् ।भूमिहीनको समस्यालाई समाधान गर्न एक वर्ष्भित्रमा लालपुर्जा वितरण गर्ने व्यवस्था मिलाउने, समृद्ध पोखराका लागि स्वास्थ्य तथा शिक्षा, उज्यालो पोखराका लागि विद्युत्का साथै सौर्य ऊर्जाको व्यवस्था, पोखराको आर्थिक समृद्धिका लागि अन्तर्रा्ष्ट्रिय पर्यटकीय केन्द्रका रुपमा विकास र अन्तर्रा्ष्ट्रियस्तरको खेलकूद मैदान लगायतलाई प्राथमिकता राखेर काम गर्ने उनले प्रतिबद्धता जनाइन ।

    नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले जनताको अभिमतलाई व्यवहारमा उतार्नुपर्ने र जनताको सेवामा लाग्नुपर्नेमा जोड दिए ।
    गण्डकी प्रदेशका सहइन्चार्य एवम् सांसद् खगराज अधिकारीले कास्की क्षेत्र नं २ को जीतले पार्टी एकताको समेत अनुमोदन गरेको भन्र्दै सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले विकास र समृद्धिका लागि चालेका कदमलाई जनताले अनुमोदन गरेको रुपमा लिनुपर्ने धारणा प्रकट गरे । नेकपाका कास्की इन्चार्ज राजकाजी तमूँले जीतलाई उन्मादका रुपमा नलिइएको र जनताले दिएको जिम्मेवारीलाई पूरा गर्न पार्टी प्रतिबद्ध रहेको उल्लेख गरे ।
    नेकपाका जिल्ला इन्चार्ज कृष्ण थापाले कास्कीलाई भ्रष्टाचारमुक्त र सामाजिक न्यायको जिल्ला बनाउनका लागि पार्टी सङ्कल्पित रहेको बताए ।नेकपा कार्यकर्ताले पार्टी र पार्टीको चुनाव चिह्नको झण्डा बोकेर पोखरामा विजययात्रा गरेका थिए । महेन्द्रपुलबाट सुरु भएको विजय जुलुस बजार परिक्रमासहित नयाँबजारस्थित प्रदर्शनी केन्द्रको परिसरमा पुगेर सभामा परिणत भएको थियो ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology