`

गठबन्धनले संयमता अपनायोः नेता पौडेल

  • प्रतिबद्धता पुरा गर्ने शाहीको उद्घोष
  • बागलुङ, १६ मंसिर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा बागलुङ क्षेत्र नं २ का सांसद देवेन्द्र पौडेलले उप–निर्वाचनमार्फत मतदाताले बर्तमान सरकारका कामलाई अनुमोदन गरेको बताएका छन् । देशभरका ५२ स्थानमा भएको उप–निर्वाचनमा सबैभन्दा धेरै सिट बामपन्थी दललाई दिलाएर यो सरकारको कामको अनुमोदन गरेको उनको तर्क थियो ।
    आईतबार उप–निर्वाचनबाट बागलुङ क्षेत्र नं. २ (ख) मा प्रदेशसभा सदस्यमा निर्वाचित खिम बिक्रम शाहीलाई शुभकामना तथा बधाई दिन संयुक्त बाम गठबन्धनले आयोजना गरेको बिजयी ¥याली तथा कोणसभालाई पौडेलले सम्बोधन गर्दै थिए । पौडेलले प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले भनेजस्तो जनमत संग्रहको रुपमा लिईएको उप–निर्वाचनमा आँफुहरु अनुमोदित भएको दाबी गरे ।
    उप–निर्वाचनको समयमा बाम गठबन्धनले संयमता अपनाएको र प्रतिपक्ष उत्तेजित भएको पौडेलको भनाई थियो । ‘हामी संम्यमित भयौं तर साथीहरुले ठाउँठाउँमा अराजकता अपनाउनुभयो’ पौडेलले भने ‘हाम्रो सम्यम्तालाई पराजय नसम्झनु होला, आवश्यक परे हातमा दहि जमाएर बस्दैनौं ।’ देश बिकासको चरणमा रहेकाले निर्वाचन पछि पनि सबै दलसँग सहकार्य गरेर अघि बढ्ने उनले बताए ।
    कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश कमिटीका सचिव गोविन्द नेपालीले बिपक्षीका अनेकौं हर्कतहरुका बाबजुद बाम गठबन्धनले जीत निकालेको दाबी गरे । कम्युनिष्ट प्रतिको सर्वसाधारणको भरोसा नै उप–निर्वाचन जित्ने कडी भएको उनको भनाई थियो ।
    जिल्ला समन्वय समिति बागलुङका प्रमुख तथा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र ढुंगानाले निर्वाचनका बेला भएको बाम शक्तिको सहकार्य निरन्तर रहने बताए । उप–निर्वाचनमा बिजयी सांसद खिम बिक्रम शाहीले संगठन र शुभेच्छुकले दिएको मत तथा सहयोगको कदर गर्न काम गरेर देखाउने बताए । ‘हामीले गरेका प्रतिबद्धता पुरा गर्छौैं’ शाहीले भने ‘पश्चिमका जनताको चित्त बुझाउनु छ ।’

    कार्यक्रममा नेकपा बागलुङका इन्चार्ज बलावती शर्माले उप–निर्वाचनका बेला भएका अनैतिक क्रियाकलापमा सहभागीहरुलाई कारवाहीको दायरामा ल्याउन कानुनको साहारा लिने बताइन् ।

    कार्यक्रम राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाको अध्यक्षता र नेकपा बागलुङका सचिव ज्ञामनाथ गैरेको सञ्चालनमा सम्पन्न भएको थियो । गठबन्धनले सोमबार बुर्तिबाङ बजारमा बिजय ¥याली गर्ने जनाएको छ ।
    यसैबीच, मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले बिजयी सांसद खिम बिक्रम शाहीलाई आईतबार बिहान बिजयी भएको प्रमाणपत्र प्रदान गरेको छ । मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले निर्वाचनको समयमा कानुनको पालना गर्दा भएका कठिनाईप्रति दलहरुसँग सहज रुपमा ग्रहण गर्न आग्रह गर्दै बिजयी शाहीलाई प्रमाणपत्र प्रदान गरे । उनले जनताको मन जित्ने काम गर्न सांसद शाहीलाई आग्रह गरे ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology