`

खुर्पाले हानेर २८ वर्षीय युवाले गरे आफ्नै आमा बाबुको हत्या

बुटवल, २० मंसिर – रुपन्देहीको ओमसतिया गाउँपालिकामा आफ्नै आमा र बाबुको हत्या गरेको अभियोगमा २८ वर्षीय गोरख यादव पक्राउ परेका छन् । ओमसतिया गापा–४ सानो बालापुरका २८ वर्षीय गोरख यादवले घरमा बसिरहेको अवस्थामा आफ्नो ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा ठगना यादवको खुर्पा प्रहार गरेर हत्या गरेको भन्दै पक्राउ परेका हुन् । उनले ५२ वर्षीय दाजु जोगिन्द्र यादवमाथि पनि खुर्पा प्रहार गरेर घाइते बनाएका छन् । जोगिन्द्रको पनि बायाँ हातमा चोट लागेको छ । उनको भैरहवास्थित युसिएमएस मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अभियुक्तले पहिले बावुको र पछि आमाको हत्या गरेको स्वीकार गरेका छन् । बावुको घटनास्थलमै मृत्यु भएको हो भने आमाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । आमामाथि खुर्पा प्रहार गर्दा दाजुले जोगाउन खोज्दा दाजुमाथि पनि खुर्पा प्रहार गरी घाइते बनाएको रुपन्देही प्रहरीका प्रवक्ता डिएसपी खड्क बहादुर खत्रीले जानकारी दिए । यादवको मानसिक सन्तुलन बिग्रिएर औषधि सेवन गर्दैआएको प्राराम्भिक अनुसन्धानमा खुलेको उनले बताए । खुर्पा प्रहार गर्ने यादवलाई नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भइरहेको उनले जनाए । मृतकहरुको शवलाई पोस्टमार्टमका लागि भैरहवा भिम अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology