`

रिङरोड उदघाटन गर्न आफै बस चढेर पुगे नगरप्रमुख गैरे

  • बस पहिलोपटक गाउँमा पुग्दा स्थानियले फुलमाला र अविरद्वारा भव्य स्वागत गरेका थिए ।
  • बागलुङ, २१ मंसिर – गलकोट नगरपालिका ३ हटियामा नयाँ सडकको उदघाटन गरिएको छ । वडा नं ३ भित्रका सवै गाउँहरुलाई जोडन रिङरोडको रुपमा उक्त सडक निर्माण गरिएको हो । हटियाको बोहोराफाँट, कमेरेपानी, भुल्केपानी, घट्टेखोला हुँदै लमाई जोडने सडक झण्डै डेढ किलोमिटर रहेको वडा अध्यक्ष विरजंग भण्डारीले जानकारी दिए । सडक निर्माण भएसँगै एक गाउँ देखि अर्को गाउँसम्म पैदल र यातायात दुवै मार्फत आवागमनमा सहजता हुने अध्यक्ष भण्डारीले बताए । त्यस्तै ग्रामिण क्षेत्रमा उत्पादन हुने वस्तुले पनि यातायात मार्फत बजार पाउने वडा सदस्य झहर बहादुर खत्रीले बताए ।
    उक्त सडकको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले रिबन काटेर उदघाटन गरे । नगर प्रमुख गैरेले सार्वजनिक बस सेवा प्रयोग गरि सडक उदघाटनको निमित्त त्यहाँ पुगेका थिए । सडक उदघाटन पछि बोल्दै नगर प्रमुख गैरेले सडक विकासको मुख्य मेरुदण्ड भएको भन्दै सडकको क्रमश स्तरोन्नति गर्न गलकोट नगरपालिकाले योजना बनाएको वताए । ग्रामिण क्षेत्रमा बन्ने यस्ता रिङरोडले स्थानियको दैनिक जीवनमा सहजता थप्ने नगरप्रमुख गैरेको भनाई छ ।गलकोट नगरपालिका वडा नं ३ का वडा सदस्य बेल बहादुर बोहोरा र सडक निर्माण समितिका सचिव हुम बहादुर बोहोराले मन्तव्य राखेका थिए ।सडक निर्माणपछि स्थानियबासीहरु हर्षित भएको बोहोराफाँट, कमेरेपानी, भुल्केपानी, घट्टेकुलो लमाई सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष रिम बहादुर बोहोराले बताए । सडक उदघाटनको क्रममा बस पहिलोपटक गाउँमा पुग्दा स्थानियले फुलमाला र अविरद्वारा भव्य स्वागत गरेका थिए । सडक उदघाटन कार्यक्रममा जनप्रतिनिधी, स्थानिय समाजसेवी, पत्रकार, स्थानिय र आमा समुहका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology