`

छोरीको तोतेबोली सुन्न पाउनु मेरो भाग्यमा थिएन सायद …..

पोखरा,१८ माघ – धुर्मुस, पहिले मेरी बास्सैको हाँस्यपात्र । कसैलाई हँसाउनु सामान्य कला पक्कै होइन । हँसाउनको लागि त्यस्तै पात्र प्रवृत्ति खोजेर हाँस्यजगतमा चिनिएका सीताराम कट्टेल अब व्यक्ति रहेनन् । उनले नै भनेका थिए, ‘धुर्मस अब व्यक्ति नभई संस्था हो ।’
हँसाउने कार्यमा उनी केही वर्षयता पछाडि छन् । तर, त्यही हाँसोपछाडिको पीडालाई उनले यतिबेला जिम्मेवारीको नाम दिएका छन् । त्यही जिम्मेवारीको पछिल्लो रुप हो, निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको चौघेरो ।अहिले त्यहाँ ड्रेन बनेका छन्, नाली खनिएका छन्, रड र सिमेन्टको थुप्रो छ ।त्यही भताभुङ्ग जमिन, लथालिङ्ग भौतिक वस्तुको थुप्रोलाई किर्तिमानधारी रंगशालाको आकार दिन उनले रातदिन एक पारेका छन् ।
………..
सदाझैँ, हामी पुग्दा उनी साइकलमै थिए । प्रभातीय समयमा उनले रंगशाला घुमाए, प्रगती सुनाए, उधारोमा किनिएका सामानहरु देखाए । अनि सुनाए, रंगशाला निर्माणको योजना कसरी बन्यो, त्यो अठोट कहाँबाट आयो र कामको थालनी कसरी भयो ? सामाजिक सञ्जालका टिकाटिप्पणी देखि लिएर सरकारले जग्गा दिएको डिपिआर बनेको र अहिलेसम्म भइरहेको काममा सहयोग गर्ने मनकारीहरुलाई सम्झिए ।
‘यो रंगशाला बनेपछि कसैले गौतम कहाँ बनेका हुन भनेर चिनाइरहन आवश्यक छैन्, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा यही रंगशालाले प्रचार गराउनेछ, अहिले मेरो दिमागमा रंगशाला बाहेक केही छैन्, उठेदेखि नसुतेसम्म मेरो दिमागमा रंगशाला मात्रै छ, मलाई कसैले डाइभर्ट गर्न सक्दैन, सुत्दा पनि म रंगशालाकै विषयमा कसैले कम्प्लेन गरेको सपना देख्छु’, यही जवाफले उनको रंगशालाप्रतिको दृढता देखाइरहेको थियो ।
तरपनि, सोध्यौँ, ‘सानी छोरीको याद आउँदैन् ?’
उनको जवाफले त्यहाँ उनको दृढता, कामप्रतिको लगावसँगै उनको मनमा गुम्सिएको गुनासा, छोरीसँगको औपचारिकता जस्तो सम्बन्धले दिने पीडालाई कसरी सहन सकेको होला भन्ने सोच्न बाध्य बनायो ।
उनले भनेका थिए, ‘छोरी यहीँ आएर गइन् । फागुन ३० मा ६ वर्ष पुग्छिन, मैले उनीसँग बिताएको पलको हिसाब गर्ने हो भने ४ महिना होला । उनी मसँग झ्याम्मिन्नन्, जस्तो एउटा अभिभावको लागि बच्चाको त्यो तोतेबोली बाबा भनेको मामु भनेको बच्चा खेलाउने त्यो रहर चाहिँ अधुरै रह्यो, अब मैले चाहेर पनि त्यो समय पाउँदिन जस्तो लाग्छ ।’
रहर हुँदाहुँदै पनि छोरी छाडेर हिँड्नको अन्तर्य र बाध्यता पनि उनले सुनाए ।
‘आठ महिनादेखि छाडेको हो । कुञ्जना चाहिँ छोरीसँगै हुँदा पनि … उनले पनि त्यति धेरै बिताउन पाइनन् , सुत्केरी अवस्थामौ छोडेर हिँड्नुपर्याे अमेरिका जाँदा पनि ११ महिनाको छोरी छोडेर जानुपर्योँ, अमेरिकाबाट फर्केको भोलिपल्टै उनी टेण्टमा छोडेर हिँडया हो । काभ्रे बस्ती बनाउँदा । साढे दुइ महिना बिताएर पनि छोरी टेन्टमा नै थिइन् । पछि उनी हुर्किँदै गइन । उनको स्कुलमा म एकपटक मात्रै पुगेको छु ।’
उनकी छोरी अहिले एलकेजीमा पढिछन् । उनको छोरीसँग संवाद पनि हुन्छ । तर, छोरीसँगको बोलीमा जुन भावना हुनुपथ्र्यो, छोरीको स्नेहपूर्ण बोली उनले सुन्न पाउँदैनन् ।
‘फोनमा कुरा हुन्छ, धुर्मुस बाबा भन्छे, के छ छोरी भन्यो, ठिक छ भन्यो, अनि सकियो । अन्तर्वार्ता जस्तो …’ उनले सुनाए ।
यतिमात्रै होइन, पछिल्ला छ वर्षमा धुर्मुस सुन्तली दम्पत्तिले धेरै अवसर पनि गुमाएका छन् । उम्दा कलाकार, विदेशबाट आइरहने निमन्त्रणा, त्यहाँको सुखसयल त्यागेर चितवनको भित्रपट्टिको दलदले जग्गामा दिनचर्या बिताउन उनलाई देशको माया लागेर नै हो ।
“विगत ६ वषृदेखि सबै छोडेर लागेको छु, म एक राम्रो दर्शकले मन पराएको कलाकार स्वदेश विदेशका कार्यक्रमा श्रीमान श्रीमती हाँस्थ्याँ डुल्थ्र्याँ घुम्थ्यौँ होला । सबै चिज छोडेर म यहाँ लाग्ुनको पछाडि के हो भन्दाखेरि अब देश बनाउने बेला आएन र ?” उनको प्रश्न छ ।
हामीलाई चाहिएको विकास हो, म विकाससँग जोडिएको अभियन्ता हो । म चाहिँ मनग्ये पैसा कलाकारिताबाट गरिरहेको मान्छे चटक्क छोडेर आउँदा म मेरो डिरेक्सनमा चलेको छैन होला । गडको डिरेक्सनबाट चलेको छैन होला ।
रंगशालाकै निम्ती नाता पनि जोडिए, उधारो त कति कति … चलचित्र पनि रंगशालाकै लागि
अन्तर्मनका कुरापछि उनी फेरि रंगशालामा नै फर्किए । अहिले रंगशाला निर्मार्णाथ सहयोगको लागि धनधान्याञ्चल महायज्ञ सञ्चालन भइरहेको छ । रंगशालाकै डिपिआर हुने बखत समय निकालेर उनले चलचित्र पनि खेले, ‘सेन्टी भाइरस’ जो प्रदर्शनको लागि प्रतीक्षारत छ ।
यो चलचित्र हेर्ने दर्शकहरुले टिकटको पैसा खेर गएको अनुभव गर्न नपर्ने उनले बताए ।
“सामाजिक सेवामा चलचित्रले व्यापार गरेको खण्डमा खर्च गर्ने सम्झौता हो । रंगशालाको डिपिआर भएको बखतमा निर्माण गरिएको हो । यो नितान्त क्रिकेट स्टेडियमको लागि बनाइएको चलचित्र हो । हामीलाई सहयोग गर्ने धेरै महानुभावको इच्छा छ । चलचित्रलाई हुनुपर्ने मसला त छ । तर, टिकट किन खेर जाँदैन भने, तर सय दुइसय तीनसय लिएर उपस्थित हुँदा धेरैलाई अप्ठ्यारो पनि भएहोला । चलचित्र हेर्दा सिधै रंगशालाको लागि जाने भयो । हामीले निर्मातासँग त्यही अनुसार समझदारी नै गरेका छौँ ।” उनले भने ।
चलचित्र, भ्युटावर, महायज्ञको अलावा त्यहाँ दैनिकजसो सहयोग आइरहेको छ । मम बेचेर पनि रंगशालालाई रकम उठाइएको छ । रंगशालालाई भरतपुर महानगरले जग्गा दिएको हो, समन्वय पनि त्यही अनुसार भएको छ । साढे ६ करोड बजेट पनि घोषणा भएको छ । यहाँको सरकारसँग समन्वय भएको छ । यो रंगशालालाई तीन करोड नेपालीकै लगानीमा बनेको हेर्ने उनको इच्छा छ ।
‘रंगशालाको लगानी ३ अर्ब हो, प्रतिव्यक्ति १०० रुपैयाँ दिए पनि पुग्छ । अबउप्रान्त म कुनै पनि काममा मागेर कुनै पनि काम गर्नेवाला छैन । यो अन्तिम पटकको अपिल हो । देशको लागि केही गर्ने भन्ने इच्छा चाहना सबै नेपालीको लागि छ । यो अवसर र मौका हो’, उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology