`

काँठेखोला प्रथम अध्यक्ष कप भलिबलको उपाधि चुम्यो रेशले

बागलुङ, १८ माघ – काठेखोला गाउँपालिकाले आयोजना गरेको प्रथम अध्यक्ष कप भलिबलको उपाधि काठेखोला–७ रेशले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा रेशले काठेखोला–८ लेखानीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । रेशले पहिलो र दोस्रो सेट समान २५–१६ ले जितेपनि तेस्रो सेटमा लेखानीसँग २१–२५ ले गुमाएको थियो । चौथो सेटमा २५–१५ ले जित हात पार्दै रेशले प्रथम अध्यक्ष कप भलिबलको उपाधि जितेको हो ।
उपाधि जितेको रेशले १ लाख ३५ हजार रुपैयाँ प्राप्त गर्यो भने उपविजेता लेखानीले ८० हजार रुपैयाँमा चित्त बुझाएको छ । शनिवार भएको गजल प्रतियोगितामा प्रतिमान थापा प्रथम, प्रेम मगर द्धितिय र रन्जित भण्डारी तृतीय भएका छन् । प्रतियोगीताको प्रथमले १० हजार, द्धितियले ७ हजार र तृतीयले ५ हजार रुपैैयाँ प्राप्त गरेका छन् । गजल प्रतियोगितामा १० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology